माघ १३ गतेबाट सुरु हुने तेस्रो मनहर्वा गोल्डकपको सम्पूर्ण तयारी पूरा

पुष्पराज खतिवडा

 २०८० माघ १२, शुक्रबार  मा प्रकाशित
१०५६ पाठक संख्या


मनहर्वा,बारा ।
माघ १३ गतेबाट सुरुहुने तेस्रो मनहर्वा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार मौवादेवी यूवा क्लबले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थित बडहर्वा खेल मैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिता तयारी बारे जानकारी गराएको हो ।
प्रतियोगिताको शनिबार अपराहन्न २ बजे मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजक क्लबका अध्यक्ष निर्मल कुमार यादवले जानकारी दिए ।
उद्घाटनमा बारा क्षेत्र नं.३ बाट निर्वाचित सांसद एवं पूर्व कृषिमन्त्री ज्वाला कुमारी साह, पूर्वमन्त्री पुरुषोत्तम् पौडेल, संविधानसभा सदस्य जयराम दाहाल, बारा क्षेत्र नं.३ का पूर्व साँसद रामबाबु कुमार यादव ,मधेश प्रदेश सरकारका यूवा खेलकुद तथा समाज कल्याण मन्त्री सुरिता देवी साह उद्घाटन कार्यक्रममा सहभागि हुने छन् ।

स्थानिय विद्यालयका बालबालिकाहरुले गित नृत्य प्रदर्शन गर्ने छन् । उद्घाटन कार्यक्रमलाई भब्य बनाईने अध्यक्ष यादवले जानकारी दिए ।

चितवन,मकवानपुर,पर्सा, सर्लाही, रौतहट र आयोजक बारा सहित ८ वटा टिम प्रतियोगितामा सहभागी हुने छन् । प्रतियोगितामा नव दुर्गा युवा क्लब सिमरा, हानामी बि.एफ.सि चितवन, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, बागमती युवा क्लब सर्लाही, रौतहट एफ.सि. रौतहट, नमस्ते युवा क्लब(एनवाईसी) हरिवन, वीरगंज युनाईटेड पर्सा र आयोजक मौवा देवी युवा क्लब सहभागि हुने भएका छन् ।

उद्घाटन खेल आयोजक मौवादेवी यूवा क्लब र नमस्ते युवा क्लब (एनवाई सी) हरिवन बिच हुने छ ।

प्रतियोगिताकोे विजेता टिमले रु २ लाख र उपविजेताले एकलाख रुपैया पुरस्कार सहित ट्रफि प्राप्त गर्ने छन् । यस्तै फेयर प्लेको आधारमा सेमि–फाईनको दुईटिम मध्य कुनै एक टिमलाई नगद २५ हजारको फेयर प्ले अवार्ड प्रदना गरिने छ ।
यसैगरी २० हजारको एकजनालाई सर्वोत्कृष्ट खेलाडी पुरस्कार, प्रतियोगिता भरिकै सर्वाधिक गोल कर्ता (हाई स्कोरर) लाई नगद २० हजार, विधागत पुरस्कार अन्तरगत उत्कृष्ट गोल रक्षकलाई १५ हजार, डिफेन्स, मिड फिल्डर एकएक जनालाई नगद १० हजारका दरले प्रदान गरिने भएको छ ।
त्यसैगरी उत्कृष्ट टिम प्रशिक्षक, टिम म्यानेजरलाई ५÷५ हजार, स्थानिय उदयीमान खेलाडी पुरस्कारबाट एकजनालाई ५ हजार र प्रत्येक दिनको उत्कृष्ट खेलाडी (प्लेयर अफ दि म्याच) नगद २ हजार ५ सय प्रदान गरिने आयोजक क्लबका अध्यक्ष यादवले जानकारी दिए ।
यस्तै अखिल नेपाल फुटबल संघ(एन्फा)ले खेलमा रेफ्रि पठाएको छ । भने खेलको गाल नेपाल डट कमले प्रत्यक्ष प्रशारण गर्ने भएको उनले बताए । यस्तै खेलकुदको मिडिया पाटनरका रुपमा नेपाल खेलकुद पत्रकार संघ बारा रहने छ ।
करिब २१ लाख रुपैँयाको लागतमा सम्पन्न हुने खेलकुदका लागि जितपुरसिमरा उपमहानगरपालिका, वडा नं.१८ र १७ मुख्य सहयोगीको रुपमा रहेको समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष यादव सहित पूर्व अध्यक्ष बसन्त खतिवडा, जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्ले, प्रतियोगिता ब्यवस्थापन समितिका संयोजक राजु तिमल्सीना लगायत क्लबका पधादीकारी एवं सल्लाहकारहरुको सहभागिता थियो ।
पत्रकार सम्मेलन क्लबका सल्लाहकार राजु कुमार कार्कीको सहजीकरणमा सम्पन्न भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban