कक्षा ९ र ११ मा पढ्ने वडाभरीका १ सय ४ छात्रालाई साईकल प्रदान

पुष्पराज खतिवडा

 १४ माघ २०८०, आईतवार १३:३४  मा प्रकाशित
६३७ पाठक संख्या



मनहर्वा, बारा ।
कलैया उपमहानगरपालिका वडा नं.१६ मझौलियाले आफ्नो वडाभरीबाट कक्षा ९ र ११ कक्षामा पढ्ने १०४ जना छोरीलाई साईकल वितरण गरेको छ ।

विद्यालय पढ्ने छोरीहरुको सहजता र छोरी शिक्षालाई प्रोत्साहन गर्ने हेतु साईकल प्रदान गरिएका हौं । वडाको करिब ८ लाख रुपैंया बजेटबाट १०४ जना वडाभरीका छोरीहरुलाई साईकल किनेर वितरण गरिएको वडा अध्यक्ष शेषनाथ प्रसाद साहले जानकारी दिए ।

वडाको बजेट भएपनि आवश्यक प्रकृया पुरागरी कलैया नगरपालिकाले साईकल खरिद गरेको हो । विभिन्न विद्यालयमा अध्यायनरत छोरी(छात्रा)हरुलाई वडाको २ स्थानमा कार्यक्रमको आयोजना गरि साईकल वितरण गरेका हौं , उनले भने ।

मझौलिया, दोहरी, सोननियरा, विद्यानगरका लाई वडा कार्यालय मझौलियामा  शनिबार र झिट्कैंयाकालाई झिट्कैंयामा आईतबार विहान सामान्य कार्यक्रमको आयोजना गरी वितरण गरिएको हो ।

कार्यक्रममा कलैया उपमहानगरपालिकाका कार्यकारी अधिकृत नाथु साह, स्थानीय जनप्रतिनिधीहरु, पूर्व जनप्रतिनिधिहरु र समाजका अगुवाहरुको सहभागिता थियो ,वडा अध्यक्ष साहले जानकारी दिए ।

 

Write your Comment