

बारा।
प्रहरीले एकसय २ ग्राम लागु औषध ब्राउनसुगर सहित एकजनालाई पक्राउ गरि आईतबार सार्वजनिक गरेको छ । बारा जिल्ला सुवर्ण गाउँपालिका वडा नं.७ सनफुला बस्ने ४१ बर्षका उमेश कुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्युरो पर्सा शाखाबाट खटिएको प्रहरी टोलीले जिल्लाको महागढीमाई नगरपालिका वाड नं.१ बरियारपुरबाट शनिबार अपराहन्न १२ बजे यादवलाई ब्राउन सुगरसहिन नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा खटिएको प्रहरीले बरियारपुरमा चेकजाँच गर्ने क्रममा बा ९४ प ६११४ नम्बरको मोटरसाईल चढी आएका यादवले शरिरमा लुकाई ल्याएको लागु औधष सहित पक्राउ गरिएको प्रहरीले जनाउको छ । बरामद भएको लागु औषधको करिब ८ लाख १६ हजार मुल्य पर्ने जनाईएको छ ।
पक्राउ परेका यादव विरुद्ध लागु औषध मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भैरहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।





Write your Comment