

बारामा अनुचित लेनदेन(मीटर ब्याज) सम्बन्धी ७७९ वटा मुद्दामा मिलापत्र भएका छन् । जस अन्तरगत अनुचित लेनदेनका क्रममा साहुकहाँ रहेको ८३ कित्ता जमिन फिर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
यसरी फिर्ताको जमिन मात्रै २१ विगाह १५ कठ्ठा १६ धुर रहेको जनाईएको छ । बाराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेका अनुसार उजुरीमा उल्लेखित माग भएको रकम २३ करोड ९२ लाख ३१ हजार ७८२ मध्य १५ करोड १९ लाख ३७ हजार ४११ रुपैंयाको मिलापत्र भएको छ ।
अनुचित लेनदेन (मीटर ब्याजी) सम्बन्धी समस्या समाधानका लागि २०८० बैशाष १७ गते देखी जिल्ला प्रशासन कार्यालय बारामा उजुरी दर्तागरी दुबैपक्षका कुरा सुनुवाई हुँदै आएको थियो ।
दुबै पक्षलाई उपस्थीत गराई सत्यतथ्य बुझी सहजीकरणगरी समस्या सुनुवाईका क्रममा ७७९ वटा मुद्दामा मिलापत्र एवं सहमती भएको नायव उपरिक्षक न्यौपानले जानकारी दिए ।
बारामा अनचित लेनदेन (मीटर ब्याज) सम्बन्धी ३ हजार ३ सय २२ उजुरी दर्ता भएका छन





Write your Comment