वरियता मिचेर डिएसपीको बढुवा, एक नम्बरकै डिएसपी परेनन् सुचीमा

रातोघर

 २०८० चैत्र १७, शनिबार  मा प्रकाशित
११८२ पाठक संख्या


सिमरा ।
नेपाल प्रहरीले ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरेको बढुवा सिफारिस विवादमा परेको छ ।

एक नम्बरकै डिएसपी नै बढुवा सिफारिसमा नपरेपछि विवाद सुरु भएको छ । एक नम्बरको डिएसपी बढुवा सिफारिस नभई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा परेपछि आलोचना हुन थालेको छ ।  बढुवा सिफारिस सूची प्राथमिकता क्रम मिचेर निकालिएको भन्दै आलोचना भएको हो ।

एक नम्बर वरीयतामा रहेका डीएसपी प्रदीप बहादुर क्षेत्री थिए । इलाका प्रहरी कार्यालय सिमराको नेतृत्वमा रहेका उनले आफ्नो कार्यक्षेत्रमा राम्रो छवि बनाएर प्रहरी हुन् ।

उत्कृष्ट कार्य गरेबापत प्रहरी वृत्तमा मधेश प्रदेशमा प्रथम र देशकै दोश्रो स्थानको सम्मान थापेका उनलाई जिल्लामा पनि उत्कृष्ट डिएसपीका रुपमा सम्मानित गरिएका व्यक्ती हुन् ।

इलाका प्रहरी कार्यालय सिमरामा जिम्मेवारी सम्हालेका डिएसपी मध्ये क्षेत्रीलाई अहिलेसम्मकै उत्कृष्ट नेतृत्वका रुपमा हेरिन्छन् ।

उनलाई कुनैपनी प्रलोभनमा नपरी निष्पक्ष रुपमा जिम्मेवारी सम्हाल्ने प्रहरीका रुपमा जनताले बुझ्ने गरेका छन् । तर, उनी एक नम्बरको वरीयतामा रहेपनी बढुवा सिफारिसमा परेका छैनन् । उनी बढुवा सुचीमा नपरेपछी सिमराबासीले उनीमाथी अन्याय भएको भन्दै चासोका रुपमा हेरेका छन् ।

मेरिट लिस्टमा अगाडि रहेका क्षेत्रीलाई पछाडि पारेर ९ नम्बर वरीयतामा रहेका सन्तोष तामाङ र १२ औँ नम्बरका विनोद घिमिरेलाई बढुवा सिफारिस गरिएको छ ।

अहिले एसपीमा सिफारिस भएका आठ जना डिएसपी २०७२ साउन १ गते प्रहरी निरीक्षकबाट डिएसपी बढुवा भएका थिए । उनीहरू २०६१ सालमा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका थिए।

डिएसपीहरू सन्तोष तामाङ र राजन लिम्बू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका पिएसओ भइसकेका थिए । ओली २०७२ मा प्रधानमन्त्री हुँदा तामाङ उनका पिएसओ भएका थिए । यस्तै २०७५ सालमा प्रधानमन्त्री हुँदा लिम्बू उनका पिएसओ थिए । साथै २०७८ मा विनोद घिमिरे प्रचण्डको पिएसओ भएका थिए ।

पहिलो नम्बरकै डीएसपी बढुवा सिफारिसमा नपरेपछि रवि लामिछाने गृहमन्त्री भएपछि नेपाल प्रहरीमा निस्किएको पहिलो बढुवा विवादमा परेको छ। गृह मन्त्रालयको पदभार सम्हालेपछि प्रहरी मुख्यालयको निरीक्षणमा जाँदा सरुवा बढुवामा नेताका घर धाउनु नपर्ने गरी सुधार गर्छु भनेर भाषण गरेका गृहमन्त्री लामिछानेको बोली र व्यवहारमा फरक देखिएको छ ।

प्रहरी बढुवामा नेताकै इसारामा काम गरेको भन्दै उनको नेतृत्वलाई समेत जनताले प्रश्न गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban