पर्साको १४ पालिकामा उच्च रक्तचाप चेक गर्ने विपि सेट वितरण हुँदै

रातोघर

 २२ चैत्र २०८०, बिहीबार २०:५३  मा प्रकाशित
३११ पाठक संख्या



पर्सा।
जिल्लाका १४ वटा पालिकामा उच्चरक्त चाप चेक जाँच गर्नको लागि बल्डप्रेशर जाँच्ने डिजिटल मेसिन वितरण हुँदै आएको छ ।

डब्लुएचओ (विश्व स्वास्थ्य संगठन नेपाल)ले मधेश प्रदेशका ८ वटा जिल्लाहरु मध्ये पर्सा जिल्लामा नै उच्चरक्त चापको बिरामी बढी देखिएकाले पर्साको १४ वटा पालिकामा उच्चरक्त चाप चेक जाँच गर्नको लागि प्रत्येक वडामा बल्डप्रेशर जाँच्ने डिजिटल मेसिन वितरणको कार्य सुरु भएको हो ।

पालिका प्रमुखको सहभागितामा स्वास्थ्य शाखा संयोजकलाई सो मेसिन वडा वडामा पु¥याउन चैत २२ गतेदेखि डिजिटल मेसिन हस्तानान्तरणको कार्य सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका परिवार नियोजन अधिकृत अनिल मिश्राले बताए ।

पर्साको १४ पालिका अन्र्तगत १३५ वटा वडामध्ये हालसम्म १५ वटा बिपि सेट हस्तानान्तरण भएको उहाँले जानकारी दिनुभयो । बिन्दवासनी गाउँपालिकामा–६, बहुदरामाई नगरपालिकामा–९ र पकहा मैनपुर गाउँपालिकामा–५ वटागरी २० वटा बिपि सेट स्वास्थ्य शाखा प्रमुख सदाम हुसेनलाई हस्तानान्तरण गरिएको डब्लुएचओको मधेश प्रदेशका संयोजक कमलेश यादवले जानकारी दिए ।

यसरी डब्लुएचओ संस्थाले नेपालमा नसर्ने उच्चरक्त चाप, मधुमेश, दिर्घकालिन स्वास–प्रस्वास र क्यान्सर जस्ता बिभिन्न रोग नियन्त्रणको लागि जिल्ला जिल्लामा बिबिध कार्यक्रम गर्दै आएको छ ।

ईस्वी सन २०१८ को तथ्याँक अनुसार नेपालमा मुटु तथा रक्तनली सम्बन्धी ३० प्रतिशत, क्यान्सर ९ प्रतिशत, मधुमेह ४ प्रतिशत, दीर्घकालिन स्वास–प्रस्वास १० प्रतिशत र अन्य नसर्ने रोगहरुको कारण १३ प्रतिशतको मृत्यु हुने गरेको छ ।

करिब २२ प्रतिशत नेपाली जनता नसर्ने रोगका कारण ३० देखि ७० बर्ष उमेर समुहका बिचको अल्पायुमा नै मृत्यु हुने जोखिममा रहेका डब्लुएचओले जनाएको छ । ब्यक्तिगत घटना दर्ता भन्दा पनि हालका दिनमा करिब ५० प्रतिशत मृत्यु मात्र दर्ता हुने गरेको अनुमान रहेको छ ।

ड्रिङ्ग ड्राईभ रोक्न (मापसे) चाकजाँच गर्न मधेश प्रदेशको ८ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखलाई ३० वटा मापसे चेकजाँच गर्ने डिजिटल मेसिन पनि हस्तानान्तरण गरेका छन् ।

Write your Comment