साना किसान सहकारी मनहर्वाको दुई दिने पशुपालन ब्यवस्थापन तालिम सम्पन्न

रातोघर

 २०८० चैत्र २३, शुक्रबार  मा प्रकाशित
६१६ पाठक संख्या


मनहर्वा,बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले दुई दिने पशुपालन ब्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

विहिबार र सुक्रबारका लागि कलैया उमहानगर पालिका वडा नं.१६ को वडा कार्यालय मझौलियामा तालिमको आयोजना गरिएको थियो । तालिममा सहकारीमा आवद्ध ४५ जना सदस्यको सहभागिता रहेको थियो ।

तालिमका सहभागिहरुलाई साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका पशु प्राविधिक प्रेम प्रसाद पौडेल, डुमरवाना दुग्ध उत्पादनक सहकारी संस्था लि.(डेरी) की पशु प्राविधिक एवं सहजकर्ता मुना शिवाकोटी र आयोजक संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाले सहजीकरण गरेका थिए ।

सहभागिहरुलाई दुधालु गाई भैंसीको छनौट र नश्ल सुधार विधि, उपयुक्त गोठ व्यवस्थापन, गर्भिणी, ब्याएका गाई भैंसी एवम् बाच्छा बाच्छीको ब्यवस्थापन, मुख्य संक्रामक रोगहरु, रोकथाम र उपचार विधिका बारेमा जानकारी गराईएको थियो ।

यस्तै विभिन्न भुईं घाँस तथा डाले घाँस उत्पादन गर्ने विधि, आन्तरिक र वाह्य परजीवीहरुकोे नियन्त्रण विधि, आत्मनिर्भरताका लागि दुध उत्पादन र यसका फाईदा, सहुलियत कर्जा सुविधा र लिने तिर्ने प्रकृया ,बचतको महत्व र आवश्यकता लगायतका विषयमा सहजीकरण गरिएको थियो ।

तालिमका सहभागीहरुले तालिम निकै उपलब्धीमुलक भएको बताएका छन् । यसअघि यस्तो खालको तालिममा सहभागि नभएको बताउने कलैया उपमहानगरपालिका वडा नं.२६ महेशपुरका शिवशंकर यादवले गाईभैसिमा देखिने थुनेलो र उपचार विधि, दाना पानि खुवाउने तरिका तथा कृतिम गर्वाधन र यसका फाईदा बारेमा जान्न पाएको बताए ।
यस्तै सोही ठाउँकी सिकला देवीले सफा दुध उत्पादन र ब्यवस्थापन, गोठको सरसफाई तथा गाईभैसिमा लाग्ने लाम्ले, जुका र भ्यागुते रोगको रोकथामका बारेमा तालिमबाट जानेको बताईन् ।

विहिबार संस्थाको संचालक समिति सदस्य एवं दुग्ध संकलन केन्द्र संयोजक रोशा खातुनले तालिमको उद्घाटन गरेकी थिईन् । यस्तै सुक्रबार तालिमको समापन संकलन केन्द्र समितिका सदस्य प्रेम महराले गरेको थिए ।

तालिम साना किसान लघुवित्ति वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हेटौंडाको आर्थीक सहयोग , साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले संचालन गरेको दुग्ध संकलन केन्द्र प्रमुख मनोज पटेलको संयोजकत्वमा सम्पन्न भएको हो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban