साना किसान मनहर्वाद्वारा ४० जना महिलालाई वित्तिय शाक्षरता तालिम

रातोघर

 २०८० चैत्र २६, सोमबार  मा प्रकाशित
७६९ पाठक संख्या


मनहर्वा,बारा ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले एकदिने वित्तिय शाक्षरता तथा अन्तरसमुह सुदृढिकरण तालिम सम्पन्न गरेको छ ।

सोमबार कलैया उपमहानगरपालिका वडा नं.२ दोहरी स्थीत अमर माध्यमिक विद्यालयमा तालिमको आयोजना गरिएको संस्थाले जनाएको हो ।

संस्थामा आवद्ध ४० जना महिलाहरु सहभागि रहेको तालिममा साना किसान कृषि सहकारी संस्था लिमिटेड इनर्वासिराका मुख्य प्रबन्धक झपेन्द्रराज बराल,आयोजक संस्थाकी अध्यक्ष नयनकला खड्का र मुख्यप्रबन्धक पुष्पराज खतिवडाले सहजीकरण गरेका थिए ।

सहभागि सदस्यहरुलाई वित्तिय शाक्षरताको महत्व र आवश्यकता, आम्दानी वृद्धिका उपाय, खर्च न्युनिकरण, कर्जा सदुपयोगीताका साथै दिर्घकालिन योजनाका साथ गरिने बचत लगायतका विषयहरुमा सहजिकरण गरिएको संस्था अध्यक्ष खड्काले जानकारी दिईन् ।

तालिममा सहभागि प्रमिला देवी यादवले तालिम निकै उपलब्धी मुलक भएको बताईन् । तालिममा खर्च कम गर्ने र आम्दानी वृद्धिका उपायहरु बताईको राम्रो लाग्यो, उनले भनिन् ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालयको आर्थीक सहयोगमा भएको तालिमको संयोजन आयोजक सहकारी मनहर्वाको सेवाकेन्द्र कलैयाका प्रमुख जगदिप कोराईरालाले गरेका थिए ।

तालिममा सहभागिहरु

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban