

मनहर्वा,बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले ब्यवसायीक तरकारी खेतीमा संलग्न २० जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा एकएक थान कृषि उपकरण स्प्रेटंकी वितरण गरेको छ ।
मंगलबार संस्थाको बडहर्वा स्थीत मुख्य कार्यालयमा आयोजित एक कार्यक्रमका बिच जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्लेले किसानहरुलाई स्प्रेटंकी वितरण गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वाग्ले सहकारीले आफ्ना सदस्यहरुले गर्दै आएको ब्यवसायीक तरकारी खेतीमा सहयोग गरेर कृषि क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउनु भयो ।
“कृषि उपकरण पाएका किसानले यसको भरपुर उपयोग गर्दै आफ्नो आम्दानीमा वृद्धि गर्नु होस् । तरकारी खेतीको माध्यमबाट स्वरोजगार बनेर मनग्य आम्दानी गर्दै बचत गर्न र लिएको कर्जा समयमै फिर्ता पनि गर्नु होला,” उहाँले उपकरण पाउने किसानलाई भन्नु भयो ।
किसानका लागी कृषि उपकरण खरिदगरी वितरणका लागि साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय हटौंडाले कृषि तथा पशुपालन ब्यवसाय प्रवद्र्धन कार्यक्रम अन्तरगत आर्थीक सहयो गरेको संस्था अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।
उक्त सहयोग रकमबाट सहकारी संस्थाले कलैया उमहानगरपालिका वडा नं.१,२ र १६ का ब्यवसायीक तरकारी खेती गर्ने २० जना किसानहरुलाई कृषि उपकरण स्प्रेटंकी वितरण गरेको उहाँले बताउनु भयो ।
आयोजक संस्थाकी अध्यक्ष खड्काको अध्यक्षता, उपाध्यक्ष फुलकुमारी बस्नेतको स्वागत र मुख्य प्रबन्धक पुष्पराज खतिवडाको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।





Write your Comment