कृषि ज्ञान केन्द्रद्वारा जिल्लाका दुई सहकारी संस्थामा गोष्ठी सम्पन्न

पुष्पराजज खतिवडा

 २८ चैत्र २०८०, बुधबार १६:५७  मा प्रकाशित
१९२ पाठक संख्या



बारा ।
कृषि ज्ञान केन्द्र बाराले जिल्लाका दुई सहकारी संस्थामा खाध्यान्न बाली (धान तथा गहुँ) को बिउ उत्पादन कार्यक्रम सम्बन्धी अभिमुखिकरण तथा विमा सम्बन्धी एकदिने गोष्ठि सम्पन्न गरेको छ ।

बुधबार जीतपुरसिमरा १८ स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा र करैयामाई गाउँपालिका ६ स्थीत साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियामा कार्यक्रम सम्पन्न भएको हो ।

मनहर्वाका ६० जना र तेतरियाका ६० जना गरी १२० जना किसानको कार्यक्रममा सहभागिता रहेको ज्ञान केन्द्र बाराले जनाएको छ ।

बिउ उत्पादनको आवश्यकता, बालि विमाको महत्व , अनुदानमा कृषि उपकरण पाउन गर्नु पर्ने प्रकृया लगायतका विषयमा सहभागीहरु विच छलफल तथा अन्तरकृया गरिएको ज्ञान केन्द्र प्रमुख राजनारायण साहले जानकारी दिनु भयो ।

सहभागिहरुलाई ज्ञान केन्द्र बाराका प्रमुख साह, कृषि प्रसार अधिकृत रामजीवन ठाकुर र अधिकृत राजवंशी प्रसाद चौरसियाले सहजीकरण गर्नुभएको थियो ।

मनहर्वामा साना किसान मनहर्वाकी अध्यक्ष नयनकला खड्को अध्यक्षतामा र तेतरियामा सो संस्थाकी अध्यक्ष कान्ती देवीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

 

Write your Comment