स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडाको प्रशासनिक भवन उद्घाटन

पुष्पराज खतिवडा

 २०८१ बैशाख ९, आईतबार  मा प्रकाशित
६९३ पाठक संख्या


बडहर्वा,बारा ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को प्रशासनिक भवनको आईतबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । ६२ लाख ६० हजार रुपैंयाको लागतमा वडाको बडहर्वामा निर्माण भएको आठकोठाको दुईतले भवनको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले उद्घाटन गर्नुभएको हो ।

प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख अधिकारीले भवन मात्रै सबै थोक नभएको भन्दै भवन भित्रबाट पाउने सेवा महत्वपूर्ण हुने बताउनु भयो । भवन त बन्यो । यो सबै थोक होईन । यहाँबाट प्रवाह हुने सेवाले जनताको मन जित्न सक्नु पर्ने हुन्छ । यसपछी मात्रै भवनले सार्थकता पाउने हो , उहाँले भन्नु भयो ।

यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवजी प्रसादले राज्य शंरचनाले ब्यवस्था गरे अनुरुप सिंहदरबारको सेवा गाउँसम्म ल्याउने माध्यमको रुपमा रहेको वडा समितिको प्रशासनिक भवन अत्यावश्यक भएको बताउनु भयो । पछील्ला केही बर्ष कलैया र जितपुरसिमरा उपमहानगरका दुई वडा कार्यालय एउटै साँघुरो भवनमा रहेर काम गर्दाका कठिनाई आजबाट अन्य भएकोमा खुशि ब्यक्त गर्नु भयो ।

स्तनपान कक्ष सहित अपाङ्गमैत्री वडाको प्रशासनिक भवन उद्घाटन समारोहका बिच वडाको विकासमा योगदान गरेका आधा दर्जन ब्यक्तिहरुलाई सम्माान पनि गएिको छ । पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल, स्थानिय महिला स्वयमं सेविकाबाट अवकाश लिनुभएका तारा बस्नेत र कलावती श्रेष्ठ, सरकारी सेवामा नाम लिकाल्न सफल शाखा अधिकृत ईजिनियर निकीता गौतम, आईसिटिसी राम रुकपणी परोपकारी नीजि गुठी संस्थान र वडा सचिव सिमा उप्रेतीलाई कार्यक्रममा सम्मान गरिएको हो ।

यसअघि वडा कार्यालय साविक मनहर्वा गाविसको भवनमा संचालन हुँदै आएको थियो । सो भवनमा कलैया उपमहानगरपालिका वडा नं.२४ को कार्यालय र जिपुरसिमराको १८ वडा कार्यालय संचालनमा थिए ।

तत्कालिन अवस्थामा गाविस भरीका जनतालाई पायक पर्ने स्थानमा निर्माण गरिएको भवन कलैया २४ले आफ्नो दावी गर्दै छाडीदिन आग्रह गर्दै आएको थियो । वडाको दक्षिणमा कार्यालय हुँदा जितपुरसिमरा १८ वडाका जनतालाई अपायक समेत थियो ।

अर्को एकै भवन भित्र दूईवटा कार्यालयका कारण साधुरो स्थानबाट सेवा प्रवाहमा कठिनाई हुन थालेपछी जितपुरसिमरा उपमहानगरपालिकाले वडा नं.१८ को बडहर्वामा २०७७।०७८बाट भवनको काम सुरु गरेको थियो ।

उद्घाटन भएको वडा प्रशासनिक भवनको माथिल्लो तला घेराबेरा गर्नै बाँकी रहेको छ । आजबाट कार्यालयलाई संचालनमा ल्याईएपनी धेरै काम गर्न बाँकी रहेको वडा अध्यक्ष चतुरबाबु वाग्ले बताउनु भयो ।

वडा भवन उद्घाटन समारोहमा पूव गाविस अध्यक्ष रामदयाल चौधरी, पूर्व वडा अध्यक्ष अर्जुन प्रसाद दाहाल , हरिलाल चौधरी, साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा अध्यक्ष नयनकला खड्का ,स्थानिय अगुवा पूर्णहरी केसी, विमलराज भारती, कुमार लामा लगायतको कार्यक्रममा सहभागिता थियो ।

वडा अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षता, वडा समिति सदस्य ईन्धीर चौधरीको स्वागत एवं वडा सचिव सिमा उप्रेतीको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban