सिमरा खानेपानीले सामाजिक कामगरी मनायो १८ औं लोकतन्त्र दिवस

पुष्पराज खतिवडा

 ११ बैशाख २०८१, मंगलवार १९:२३  मा प्रकाशित
२४८ पाठक संख्या



बारा ।
लोकतन्त्र दिवसको अवसरमा सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सिमराले सामाजिक काममा खर्च गरेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ मा रहेको सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले मंगलबार एक विद्यालयलाई पङ्खा र शौचालय निर्माणका लागि गुम्बालाई एक लाखको चेक हस्तान्तरण गरेको हो ।

१८ औं लोकतन्त्र दिवसको अवसरमा समितिले जीतपुरसिरमा–३,नरवस्ती स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई पाँच थान पङ्खा र जीतपुरसिमरा –१, सिमरा स्थित टासी देछेन लिङ विश्वशान्ति बौद्ध गुम्बालाई एक लाख १ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

समितिका अध्यक्ष कासिम हुसेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद बस्नेतलाई पङ्खा र गुम्बाका अध्यक्ष राजकुमार लामालाई चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा समितिका उपाध्यक्ष पूर्णचन्द्र तिमिल्सिना, सहसचिव सानुबाबु कुर्मी, कोषाध्यक्ष लोकराज पौडेल, सदस्य तोयानाथ लुईटेल, सुभद्रा कुमारी, प्रकाश क्षेत्रीलगायतको उपस्थिती रहेको समितिका कर्मचारी निर्जल घिमिरेले जानकारी दिए ।

नेपालमा लोकतन्त्र स्थापना भएको १८ औँ वर्ष पूरा भएको छ । लोकतन्त्र स्थापनाको दिनलाई आधार मानेर हरेक वर्ष लोकतन्त्र दिवस मनाउने गरिएको छ । मंगलबार १८ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

२०६३ वैशाख ११ गते आजैका दिन १९ दिने जनआन्दोलनको बलमा तत्कालीन राज ज्ञानेन्द्र शाहले सत्ता जनतालाई सुम्पिएका थिए । सोहीदिनको सम्झनामा लोकतन्त्र दिवस मनाउँने गरिएको हो ।

Write your Comment