कलैया वितरण केन्द्रको ३१ प्रतिशत बिधुत चुहावट, २९१ वटा कार्वाहीबाट २६ लाख जरिवना असुल

पुष्पराज खतिवडा

 २०८१ बैशाख १३, बिहिबार  मा प्रकाशित
५०६ पाठक संख्या


बारा ।
नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र कलैयाले चुहावट नियन्त्रणका क्रममा यसबर्ष २९१ वटा कार्वाही गरेको छ । सो क्रममा केन्द्रले २६ लाख १७ हजार ८६ रुपैंया जरिवाना समेत असुल गरेको जनाएको छ ।

बिधुतका कर्मचारी र प्रहरीको संयूक्त गस्ती टोलीले अबैध रुपमा विधुत चोरीगरी संचालन गरिएका पानी तान्ने मोटर, पंखा, ग्रेन्डर लगायतका विद्युतिय उपकरण जफत गरेको हो । यससँगै चोरीगरी घरमा बिधुत प्रयोग गर्ने मानिसहरुलाई समातेर जरिवाना गरी छाडिएको प्राधिकरण कलैयाका अनियमिता सुधार फाँटका प्रमुख राहुल मण्डलले जानकारी दिए ।

उनका अनुसार यस आर्थिक बर्षको गत श्रावण देखी चैत्र मसान्त सम्ममा २७२ र चालु महिनामा १९ थान कार्वाही भएको हो । जस्मध्य १९ वटा विद्युतिय मिटर गडबड गरी बिधुत चोरी गर्ने छन् । उनीहरुबाट ६ लाख ५३ हजार ४४ रपैंया ९३ पैसा जरिवाना असुल गरिएको छ ।

यस्तै विना ईजाजत बिधुत चोरीगरी प्रयोग भएका ९७ थान उपकरण बरामदगरी जरिवाना गरिएको छ । ती उपकरणको जरिवाना वापत ५ लाख ५१ हजार ८०९।०३ रुपैँया असुल भयो । यस्तै बिधुत चुहावट गरी घरमा प्रयोग गरिरहेको अवस्थामा १३७ जना ब्यक्तिलाई समेत नियन्त्रणमा लिई छाडिएको छ ।

उनीहरुबाट प्राधिकरण कलैयाले सबैभन्दा धेरै १३ लाख १३ हजार ७२३।३५ रुपैंया संकलन गरिएको छ । चालु महिनामा नियन्त्रणमा लिएका १९ थान उपकरणको भने जरिवाना तोक्ने लगायतको काम बाँकी रहेको मण्डलले बताए ।

विषेशगरी जिल्लाका दक्षिण तथा पूर्वदक्षिण क्षेत्रमा सबैभन्दा बढी विद्युतको चुहावट हुने गरेको छ । यस क्रममा जिल्लाको सिम्रौनगढ, पिपरपाती पचरौता, कोल्हवी, महानगढीमाई नगरपालिका, देवताल,सुवर्ण, विश्रामपुर, फेटा, प्रसौनी लगायतका गाउँपालिकाका भित्री गाउँघरमा बिधुत चोरीमा संलग्नलाई कार्वाही गरिएको हो ।

गाउँहरुमा बिधुततिय सिंचाई मोटर, पंखा,फ्रिज,ग्रेन्डर,बेल्डर लगायतका धेरै विद्युत खपत गर्ने उपकरणहरु समेत बल्छीको माध्यमबाट बिधुत चोरीगरी संचालन हुने गरेको पाईएपछी कार्यालयले जफत गर्ने गरेको प्राधिकरण कलैयाका अनियमिता सुधार फाँटका प्रमुख मण्डलले जानकारी दिए ।

कलैया वितरण केन्द्रले दैनिक खपत गर्ने २० मेगावाट विद्युतको ३१ प्रतिशत विधुत चुहावट हुने गरेको बताईएको छ । चुहावट नियन्त्रणका लागि उपकरण जफत गर्ने ,मानिसलाई नियन्त्रणमा लिई जरिवाना कार्वाही गर्ने गरिएको प्राधिकरण कलैयाका ईन्जीनियर राजिब साहले बताए ।

यसैगरी बिधुत चोरी गर्नु अपराध हो । समयमै विल तिरौं, जरिवानाबाट बाँचौं । भन्ने खालका जनचेतना मुलक सन्देश दिने, प्र्रचार प्रसार, माईकिङ्ग गर्ने जस्ता काम पनि प्राधिकरणले गर्दै आएको छ । यद्यपी चुहावट नियन्त्रण घटाउन सकिएको अवस्था छैन, उनले भने ।

सरकारी कार्यालयहरुले किसानलाई अनुदानमा मोटर वितरण गर्दा सिंचाई मिटर जडान नगरेकाहरुलाई समेत दिनेगरेको पाईएपछी त्यस्ता सरकारी कार्यालयहरुलाई परिपत्र गरेका छौं । परिपत्रमा सिंचाई मिटर लिएकाहरुलाई वा लिएर मात्रै मोटर प्रयोग गर्न लगाउन भनेका छौं ।

बरामद भएका अधिकाँस पानी तान्ने मोटरहरु किसानले पालिका लगायतका विभिन्न सरकारी कार्यालयहरुबाटै अनुदानमा लिएको पाईएपछी यस्तो परिपत्र मार्फत पनि जनचेतनालाई प्रभावकारी बनाउने प्रयास गरेका हौं , ईन्जीनियर साहले भने ।

कतिपय पालिकाहरुले सिंचाई मिटर जडान गरेका किसानले खपत गरेको विद्युतको महशुल समेत तिरिदिने निर्णय गरेका छन् । यसबाट पनि चुहावट नियन्त्रणमा सहयोग पुग्ने आशा छ, उनले बताए ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban