

बारा ।
ज्यान सम्बन्धि कसुरको अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेको व्यक्तिलाई छुटाईदिन्छु भनी ६ लाख रुपैंया ठगी गर्ने एकजनालाई बारा प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
ठगी गरेको आरोपमा थुनामा रहेका व्यक्तिका आफन्तले प्रहरीमा दिएको जाहेरीको आधारमा जीतपुरसिमरा उप–महानगरपालिका वडा नं. २० बहडिलवा निवासी ४१ बर्षीय दुर्गा साह कानुलाई प्रहरीले गत आईतबार पक्राउ गरेको हो ।
पक्राउ परेका कानु विरुद्ध ठगी मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट दिन ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरी पवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।





Write your Comment