सिमरा ।
देशको मेरुदण्ड भनेर बिज्ञापन गर्ने जगदम्बा स्टिल प्रदुषणमय रहेको संसदीय उपसमितिको ठहर रहेक छ । अनुगमनको क्रममा बारा पर्सा औधोगिक करिडोरको जितपुर सिमरास्थित जगदम्बा उधोगमा प्रदुषण फैलाउने कार्य भएको संसदीय उपसमितिले ठहर गरेको हो ।
उधोग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गत उधोग अनुगमन उपसमिति संयोजक रेखा यादवले उधोग भित्र देखिएको प्रदुषण रोक्न निर्देशन दिएको हो ।
स्थलगत अनुगमनको क्रममा धेरै समस्या देखियो, संयोजक यादवले भनिन् । जनताको प्रत्यक्ष सरोकार राख्ने भएकोले उधोगले आफ्नो मनपरी गरे कारवाहीको भागदारी बन्ने उनले चेतावनी दिइन ।
उधोगमा एक छिन सास लिन गाह्रो भएको बेला मजदुरहरू कसरी बाँचिरहेका होलान । यादवले संचालकसंग प्रश्न गरिन । समय अगावै सुधार गर्नुस, नत्र कारवाहीको भागिदारी बन्ने उनले बताईन ।
उधोगमा काम गर्ने कामदारको स्वास्थ्य लगायत सम्पूर्ण जिम्मेवारी उधोगीको भए पनि कामदारहरू असुरक्षित भएर काम गरेको देखियो । तुरून्त कामदारलाई तिनको स्वास्थ्यको ख्याल गरि हेल्मेट, जनता, पंजा, प्राथमिक उपचारको लागि स्वास्थ्य समाग्री उपलब्ध गराउन संयोजकले निर्देशन दिईन ।
उधोगबाट निस्केको प्रदुषित धुवाँ, लेदो युक्त पानीलाई व्यवस्थित नगरेकोले नै वातावरण प्रदुषित भएको सजिलै आकलन गर्न सकिने उनले बताईन । उधोगले यस अघि आर्थिक प्रलोभनमा पारी पेश गर्दै आएको प्रतिवेदन कुनै पनि हालमा मान्य नहुने समेत उनले बताईन ।
प्रत्येक २ वर्षमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पेश गर्ने नियममा भए पनि जगदम्बा लगायत अन्य उधोगीहरू पेश नगरेको उपसमिति संयोजक यादवले बताइन । आर्थिक प्रभावमा पारी अहिले सम्म प्रतिवेदन पेश नगरेको उधोगहरूको लिस्ट निकाल्दैछौ, नियमविपरित गरेको उधोग सबैको कारवाही प्रक्रिया अगाडी बढाईनै उनले बताईन ।
बजारमा जगदम्बाको छडको समेत गुनासो बढ्दै गएको उपभोक्ताहरु बताउछन् । समय समयमा जगदम्बाको छड भाचने गरेको पाईन्छ । देशको मेरुदण्ड स्लोगन नाममै समित रहेको जानकार बताउँछन ।
Write your Comment