


सिमरा ।
जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्लेले हाजिर गरेकी छिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुसार सरुवा भएकी उपसचिव काफ्लेले शुक्रबार हाजिर गरेकी हुन् ।
उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम मन्त्रालयको अतिरिक्त समुहमा दरबन्दी कायम रहने गरि बैशाख २० गतेको निर्णय अनुसार जीतपुरसिमरामा कामकाजका लागी खटाएको हो ।
काफ्ले जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत समेत हुन् । काफलेलाई नगर प्रमुख राजन पौडेल, उपप्रमुख भोलाप्रसाद अधिकारीसहित जनप्रतिनिधि र कर्मचारीले स्वागत गरेका थिए ।
मंसिर १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका उपसचिव शिवजी प्रसादको स्थानमा मन्त्रालयले काफ्लेलाई पठाएको हो । काफ्ले यसअघि जिल्ला समन्वय समिति सोलुखुम्बुको समन्वय अधिकारी समेत थिईन् ।
को हुन् उर्मिला ?
उनी यसअघि स्थानीय विकास मन्त्रालयमा शाखा अधिकृत रहेकी थिईन् भने त्यसअघि प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयमा प्रशासन पुन संरचना इकाईमा समेत कार्यरत थिईन् ।
उर्मिलाले योजना अधिकृतका रुपमा जिल्ला विकास समिति रसुवा, कार्यकारी अधिकृतको रुपमा दोलखाका जिरी नगरपालिकामा काम गरेकी छिन् ।
त्यसैगरि गण्डकी प्रदेश, पोखरामा उपसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा उपसचिव, जिल्ला समन्वय अधिकारीको रुपमा जिल्ला समन्वय समिति, सोलुखुम्वुमा समेत काम गरेकी छिन् ।
उपसचिव उर्मिलाले दुई बिषयमा स्नातकोत्तर अध्ययन पुरा गरेकी छिन् । ग्रामिण बिकासमा त्रिभुवन विश्वविद्यालबाट र सामुदायिक सुशासन र ग्रामीण विकासमा दक्षिण कोरियाबाट स्नाकोत्तर पुरा गरेकी छिन् ।
धार्मिक स्वभावकी शाकाहारी खानपान गर्ने काफ्ले अध्यात्मिक चिन्तन र धर्ममा बढी आस्था राख्ने महिला हुन् ।




Write your Comment