हेटौंडा ।
हेटौंडा उपमहानगरभित्र दर्ता रहेका ११ वटा सहकारीको अवस्था फेला पार्न सकिएको छैन । तीन वर्षदेखि खोजी गर्दा पनि ती सहकारीहरू पत्ता लाग्न नसकेको उपमहानगरको उद्योग, पर्यटन तथा सहकारी प्रवर्द्धन शाखाले जानकारी दिएको छ ।
शाखा प्रमुख हिमप्रसाद पौडेलकाअनुसार सम्पर्कविहीन ११ वटा सहकारीलाई सहकारी तथा गरिबी निवारण सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) रेकर्डबाट हटाइएको छ ।
कोपोमिस प्रणालीमा सम्बन्धित सहकारीले आफ्नो मासिक तथा वार्षिक प्रतिवेदन, निवेदन दाखिला, आन्तरिक कार्य, आर्थिक प्रतिवेदन अद्यावधिक गर्ने व्यवस्था गरिएको छ ।
Write your Comment