मधेशमा मध्य जेठसम्म जम्मा २० प्रतिशत बजेट खर्च

रातोघर

 १६ जेष्ठ २०८१, बुधबार १३:५१  मा प्रकाशित
३७२ पाठक संख्या



जनकपुरधाम ।

चालु आर्थिक वर्ष २०८०/०८१ को डेढ महिना मात्र बाँकी रहँदा मधेश सरकारले कुल बजेटको २१ प्रतिशत मात्र खर्च गरेको छ । त्यसमा पनि अधिकांश हिस्सा चालु खर्चको छ ।

मधेश सरकारले चालु आर्थिक वर्षमा ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट ल्याएकामा १३ जेठसम्ममा ९ अर्ब १ करोड ४८ लाख १७ हजार ९६१ रुपैयाँ मात्र खर्च गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन कुल बजेटको २०.४३ प्रतिशत मात्र हो ।

चालुतर्फ (कर्मचारीको तलब भत्तालगायत अन्य साधारण खर्च) छुट्याइएको १८ अर्ब ५४ करोड ५८ हजारमध्ये १३ जेठसम्म ४ अर्ब ८८ करोड ५३ लाख ४१ हजार ८५३ रुपैयाँ ८३ पैसा खर्च भएको छ ।

पुजीगँत (विकास निर्माण) तर्फ २५ अर्ब ५७ करोड ४५ लाख ७४ हजार बजेट छुट्याएकामा ४ अर्ब १२ करोड ९४ लाख ७७ हजार १०७ रुपैयाँ ७८ पैसा खर्च भएको लेखा नियन्त्रण कार्यालय प्रमुख वीरेन्द्र मिश्रले जानकारी दिए ।

Write your Comment