चुरे विनासले तराईको भविष्य खतरामा :पूर्वमन्त्री पौडेल

पुष्पराज खतिवडा

 २२ जेष्ठ २०८१, मंगलवार २०:१६  मा प्रकाशित
१३८ पाठक संख्या



बारा: विश्व वातावरण दिवसको पूर्व संध्यामा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ पिलुवा स्थीत ब्रह्माकुमारीज शान्ति बाटिकामा नरिवलको विरुवा रोपिएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले संचालनमा ल्याएको शान्तिबाटिका परिषरमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम् पौडेलले नरिवलको विरुवा रोपी सिंचित समेत गर्नु भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेता पौडेलले चुरे विनासले तराईको भविष्य खतरामा रहेको बताउनु भयो ।

पूर्वमन्त्री पौडेलले “खनिज शोषणका नाममा चुरे सहित खोलानालामा हुने मनपरी उत्खनन्ले मधेशमा गम्भीर समस्या उत्पन्न भैरहेको छ । खोलानालामा पानी सुक्ने, धाराहरुमा पानी नआउने जस्ता समस्याले दिनप्रतिदिन अवस्था भयावह बन्दै छ । प्रकृती र संस्कृती नेपालका गहना हुन् । यसको शंरक्षणमा सबै मानिस जिम्मेवार बन्नु पर्ने हुन्छ,” उहाँले भन्नु भयो ।

विश्व वातावरण दिवसका अवसरमा गरिने कार्यक्रमका बारेमा ब्रह्माकुमारीज राजयोग सेवा केन्द्र पिलुवाले वातावरण दिवसका दिने गरिने कार्यक्रमका बारेमा जानकारी गराएको हो । प्रेस चौतारी बाराको शान्ति बाटिकामा बुधबार आयोजना गरेको भला तथा प्रशिक्षण कार्यक्रममा समय माग्दै सेवाकेन्द्रले उपस्थीत पत्रकारहरुका बिच सम्मान तथा पत्रकार सम्मेलनको आयोजना थियो ।

उक्त कार्यक्रममा प्रेस चौतारी नेपालको केन्द्रीय सदस्य अच्युत पौडेललाई राजयोग सेवा समितिले दोसल्ला ओढाएर सम्मान गरेको थियो । सेवाकेन्द्रको सभाकक्षमा आवश्यक साउण्ड सिस्टम सहयोग गर्नु भएका पौडेललाई सेवाकेन्द्रका संचालक ब्रह्माकुमार गुणराज लामिछानेले सम्मान गर्नु भएको हो ।

बुधबार हलखोरिया साझेदारी वन ब्यवस्थापन समिति र राजयोग सेवा केन्द्र पिलुवाले सरसफाई ,वृक्षरोपण सहित वातावरण संरक्षण सम्बन्धी अन्तरकृया कार्यक्रमको आयोजना गर्ने जनाईएको छ ।

राजयोग सेवा केन्द्रका संचालक ब्रह्माकुमार लामिछानेले विश्व वातावरण दिवसका दिन बुधबार विहान ६ः३० बजेबाट आयोजना हुने कार्यक्रमका बारेमा जानकारी दिनु भएको हो ।

कार्यक्रममा नेकपा एमाले मधेश प्रदेशका सचिव मनोज पौडेल, जिल्ला कमिटि बाराका अध्यक्ष अध्यानन्द पाण्डे, सचिव अमृत शर्मा बजगाँई, प्रेस चौतारी नेपालका केन्द्रिय सचिव कमल कुमार उपाध्याय लगायतको सहभागिता रहेको थियो ।

Write your Comment