बाराको देवताल गाउँपालीकाको नेतृत्वमाथी वडा अध्यक्षहरुको बिरोध, माग सम्बोधन नभए आन्दोलनको चेतावनी

रातोघर

 २८ जेष्ठ २०८१, सोमबार १९:४८  मा प्रकाशित
३९९ पाठक संख्या



सिमरा ।

बाराको देवताल गाउँपालीकाका अध्यक्ष उदय प्रसाद यादव बिरुद्ध केही वडा अध्यक्षहरुले कार्यशैलीको बिरोध गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

गाउँपालीकाले जनताको भावना अनुसार कार्य सम्पन्न गर्न नसकेको र आर्थिक रुपमा पारदर्शिताको माग गरिएको छ । ५ जना वडा अध्यक्षले संयुक्त ज्ञापन पत्र बुझाउँदैँ बिभिन्न १३ बुँदे माग राखेका हुन् ।

वडा नम्बर १ का वडा अध्यक्ष अरुण कुमार सिंहका अनुसार गाउँपालीका अध्यक्षले संघियताको मर्म र प्रदेश सरकारको भावना अनुसार काम गर्न अध्यक्ष यादव असफल रहेको दावी गरे ।

उनले ज्ञापन पत्रमा उल्लेख भएका मागहरु सात दिन भित्र पुरा नभए अध्यक्ष बिरुद्धको आन्दोलनको तयारी गरिरहेको समेत जानकारी दिए ।

उनले यसअघिपनी पटक पटक गाउँपालीकाको कार्यशैली प्रति असन्तुष्टी जनाउँदै आएका छन् । स्थानिय तहका जनप्रतिनिधिहरु जनताको समस्यामा केन्द्रिन हुनुपर्ने भन्दै बितेको दुई आर्थिक वर्षमा कुनैपनी बिकासको दिगो कार्य गर्न नसकेको प्रति सिंहको गुनासो छ ।

पत्रमा गाउँपालीकामा शुसासन कायम देखी जनता केन्द्रित बजेट बिनियोजन गर्न समेत आग्रह गरिएको छ ।

 

यस्तो छ ज्ञापन पत्र ..


Write your Comment