जिल्ला लिगका क्रममा फुटबल संघले ब्यापक कमजोरी गरेको आरोप -विज्ञप्ती सहित

पुष्पराज खतिवडा

 ३० जेष्ठ २०८१, बुधबार १५:४४  मा प्रकाशित
१०७७ पाठक संख्या



बारा ।
जिल्ला फुटबल संघ बाराले यसै जेष्ठ १९ गते देखि आयोजना गरेको ए डिभिजन फुटबल जिल्ला लिगका क्रममा ब्यापक कमजोरी गरेको आरोप लागेको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बडहर्वामा रहेको मौवादेवी यूवा क्लबले रामचन्द्र लामाको नेतृत्वमा रहेको जिल्ला फुटबल संघ बाराले कोल्हवी नगरपालिका वडा नं.१ खैरामा आयोजना गरेको प्रतियोगिता आवश्यक तयारी नै नगरी गरेको आरोप लगाएको छ ।

बुधबार क्लबका अध्यक्ष निर्मल कुमार यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जिल्ला फुटबल संघले प्रतियोगिता संचालनमा धेरैखाले गम्भीर लापरवाही गरेको उल्लेख छ ।

उपयुक्त खेलकुद मैदान छनोट नभएको । उपचार सामाग्री, एम्बुलेन्स, स्टेचर, बल बोय तथा स्वयम् सेवकको व्यवस्था नगरिएको । आयोजक सहित जीम्वेवार पदाधिकारीहरुको उपस्थिती र आवश्यक सुरक्षाको प्रबन्ध नगरिएको भनिएको छ । यसैगरी राजनैतिक पुर्वाग्रह राखी खेलमा सहभागी टिम र खेलाडीहरुमाथी भेदभाव र दुब्र्यवहार भएको , विज्ञप्तीमा उल्लेख छ ।

यस्तै अनुशासनहिन रेफ्रिद्वारा खेल खेलाइएको उनै मार्फत विवाद उत्पन्न गराइ झगडा गराइएको । समयको समेत विचार नगरी अत्याधिक गर्मिको समयमा खेल सञ्चालन गरेको । समग्रमा पूर्ण लापरवाही ढङ्गबाट जिल्ला लिग जस्तो प्रतियोगिता आयोजना गरेको मौवादेवी यूवा क्लबले आरोप लगाएको छ ।

प्रतियोगिता अन्तरगत मंलगबार मौवा देवी युवा क्लब बडहर्वा र निजगढ यूवा क्लब विचको सेमिफाइनल खेल थियो । सो क्रममा रेफ्री र दर्शक विच विवाद हुँदा कुटाकुट समेत भएको थियो । फुटबल हेर्न पुगेका दर्शक र यस क्लबका टिम ब्यवस्थापकले रेफ्रि निलकमल चौधरीका कारण कुटाई खाने जुन अवस्था सृजना भयो ,त्यसको जती भत्सर्ना गर्दापनि कमै हुन्छ । त्यसमा आयोजक संघको लारवाही प्रति गम्भीर ध्यानाकर्षण भएको जनाईएको छ ।

क्लबले प्रतियोगिताका रेफ्रिहरुको भुमिकाप्रति समेत प्रश्न उठाउको छ । उसले प्रतियोगिताका दौरान देखीएका कमीकमजोरीले समग्र फुटबल खेलको बदनाम गराएको भन्दै विज्ञप्तीमा “ खेलकुदमा रेफ्री जिम्मेवार, सहनशिल हुनु पर्ने हो । तर उनी आफै मैदान भित्रबाट अपशब्द प्रयोग गर्दै दर्शकसँग भिड्न जाईलाग्नुले आयोजकले छनौट गरेका रेफ्रिको स्तर छर्लङ्ग भयो । ” क्लबले भनेको छ ।

जिम्मेवार संस्थाले आयोजना गरेको प्रतियोगितामा आवश्यक तयारी, समय, मौसम र स्थानको समेत छनौटमा केटाकेटी पारा देखाएका उसले आरोप लगाएको छ । प्र्रतियोगिताका नाममा झारो टार्नेगरी आवश्यक शुरक्षा ब्यवस्था समेत नगरी झैझगडाको वातावरण सिर्जना गराइएको गरेको प्रति खेद प्रकट गर्दछौं , विज्ञप्तीमा भनिएको छ ।

Write your Comment