पूर्व मुख्यमन्त्री यादव सहित बाराबाट १८ जनाको उमेदवारी

पुष्पराज खतिवडा

 ३० जेष्ठ २०८१, बुधबार १८:४२  मा प्रकाशित
६७१ पाठक संख्या



बारा ।
संघियता, सुशासन, सामाजिक न्याय र समाजवाद भन्ने मुल नाराका साथ जनता समाजवादी पार्टी नेपाल (जसपा) एकताको पहिलो राष्ट्रिय महाधिवेशन तिरहुतिया गाछी जनकपुरधाममा जारी छ । गत २८ गते देखी जारी महाधीवेशनबाट पार्टीले नयाँ नेतृत्व छनौट गर्ने छ ।

त्यसका लागि नेताहरुले जिम्मेवार पद, पधादीकारी एवं सदस्यमा उमेदवारी दर्ता गरी महाधिवेशन प्रतिनिधिसँग प्रत्यक्ष भेटेर , फोन गरेर र सामाजिक संजाल मार्फत मत मागिरहेका छन् ।

पार्टीको केन्द्रिय कमिटिमा स्थान पाउन बारा जिल्ला कर्मथलो रहेका धेरै नेता कार्यकताहरुले विभिन्न पदमा उमेदवारी दर्तागरी मत मागिरहेका छन् । यसैक्रममा तत्कालिन फोरम नेपालका जिल्ला अध्यक्ष, जनता समाजवादी पार्टी नेपालका मधेश प्रदेशका निवर्तमान अध्यक्ष एवं बारा क्षेत्र नं.३ का पूर्व संघिय सांसद रामबाबु कुमार यादवले केन्द्रिय सचिवका लागि उमेदवारी दर्तागरी मत मागिरहनु भएको छ ।

उहाँले पार्टीको केन्द्रीय सचिव पदमा काम गर्ने मौका दिए लगनशिल भई सक्रियताका साथ काम गरी पार्टीलाई सुदृढ बनाउने प्रतिबद्धता गर्नु भएको छ ।

यादवले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै भन्नु भएको छ, “ मलाई जसपा,नेपालको केन्द्रिय सचिव पदमा मतदान गरी पार्टीमा काम गर्ने मौका दिनुहुन हार्दिक अनुरोध गर्दछु। पार्टीमा आफु निकै लगनशीलता र सक्रितापूर्वक काम गरी पार्टीलाई एकताबद्ध र सुदृढ गर्दै लाने प्रतिबद्ध जाहेर गर्न चाहन्छु ।”

पधादीकारी सहित २०१ जना रहने केन्द्रिय कमिटिका लागि बाराबाट ६ जनाले पधादिकारीमा र १२ जनाले केन्द्रिय सदस्यमा गरी १८ जनाको उमेदवारी परेको छ ।

कन्द्रिय कमिटिको उपाध्यक्षमा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेशसभा सदस्य बच्चा राउत अहिरको उमेदवारी दर्ता भएको छ । यस्तै उपमहासचिवमा रामकिशोर यादव , रामबाबु यादव, केन्द्रिय सचिव खुल्लामा रामबाबु कुमार यादव र सचिव मधेशी महिलाबाट पूर्वमन्त्री उषाकुमारी यादव उमेदवारी परेको महाधीवेशन स्थलमा रहेका पार्टी निकट यूवासंघका अध्यक्ष सुजित पाण्डेले जानकारी दिनु भयो ।

यसैगरी बाराका जसपा यूवा संगठनका जिल्ला अध्यक्ष पाण्डेयले पार्टीलाई बलियो र आधुनिक बनाउनका निम्ती यूग अनुसारको मेरो सहभागिता भन्दै खषआर्य कलस्टरबाट केन्द्रिय सदस्यका लागि उमेदारी दर्ता गराएको बताउनु भयो ।

मतदान बुधबार मध्यान्नबाट गरिने भनिउपनि अझै सुरु हुन सकेको छैन । सम्भवत रातीबाट होला । आवश्यक तयारी भैरहेको छ, उहाँले भन्नु भयो ।

 

 

Write your Comment