सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीका २ स्थित रहेको जनकल्याण मध्यवर्ती सहकारी सिमराले आफ्नो २२ औँ स्थापना दिवसको अवसरमा अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।
मध्यवर्ती समूहको वित्तीय व्यवस्थापन र सहकारीको भुमिका बिषयक अन्तरकृया कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्रको वित्तीय व्यवस्थापनमा सहकारीको भुमिका महत्वपुर्ण हुने बताए ।
उनले सहकारी क्षेत्रले वन संरक्षणमा समेत उल्लेख्य भुमिका खेल्न सक्ने भन्दै स्थानिय तहसंगको सहकार्यमा बिभिन्न आयमुलक र रोजगारमुलक कार्यक्रममा निकुञ्जले हातोमालो गर्न तयार रहेको समेत बताए ।
कार्यक्रममा बोल्दै जनहित उपभोक्ता समितीका अध्यक्ष अमृतलाल श्रेष्ठले मध्यवर्ती क्षेत्र अन्र्तगत रहेको जनहित उपभोक्ता समितीले सहकारीसग सहकार्य गरी बिभिन्न संरक्षणको पाटोमा कार्य गर्न आवश्यक रहेको बताए ।
उनले वन समुहहरुको आर्थिक कारोवार र काठदाउराको बिक्रिबितरणको वित्तीय व्यवस्थापन समेत सहकारी मार्फत गर्ने तयारीका लागी बिनियम संशोधनको कार्य भईरहेको जानकारी दिए ।
अरु सहकारी भन्दा जनकल्याण मध्यवर्ती साकोस यस क्षेत्रको पुराना सहकारी रहेका र स्थापना समय देखी मध्यवर्ती क्षेत्रको भावना अनुरुप कार्य गरिरहेको भन्दै स्थापना दिवसका अवसरका सफलताको कामना समेत गरेका छन् ।
कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष मदुसुदन सिटौला, भिमेश्वर मध्यवर्ती सामुदायिक वन समुहका अध्यक्ष पेसल मुल्मी, मुसर्नीमाई मध्यवर्तीका अध्यक्ष कुवेर दत्त न्यौपाने, सहकारी अभियन्ता मुकुन्द बहादुर क्षेत्री, रमेश पण्डित, जनजागरण मध्यवर्तीका अध्यक्ष इश्वरी प्रताप लामा लगाएतले शुभकामना ब्यक्त गरेको थिए ।
चार वटा वन समुहका पदाधिकारीहरुको उपस्थिती रहेको कार्यक्रम सहकारीको संचालक समिती अध्यक्ष कमला घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमको सहजीकरण शिक्षा उपसमिती संयोजक कृष्ण सिग्देलले गरेका थिए ।
Write your Comment