गाँजा सहित भारतीय ट्रक प्रहरी नियन्त्रणमा

रातोघर

 ५ असार २०८१, मंगलवार १७:३७  मा प्रकाशित
१८६ पाठक संख्या



बारा ।

प्रहरीले मंगलबार अपराहन्न १२ः३० बजेको समयमा एक भारतीय ट्रक र सोका चालकलाई २७० केजी अबैध लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ स्थीत अमलेखगंज प्रहरीले ट्रकमा लोड भएको गाँजा सहित सोका चालकलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँचका क्रममा ट्रकमा गाँजा भेटिएपछि सोका चालक भारत देश थाना रामगढवा ग्राम धनार दिउली बस्ने वर्ष १९ को हरिओम भन्ने अन्त्यस कुमार गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

हेटौंडाबाट पथलैया तर्फ आउँदै गरेको भारतीय मालवाहक एनएल ०१ एन ३०६३ नम्बरको ट्रकमा लुकाई छिपाई राखिएको अवस्थामा उक्त परिमाणको लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद भएको गाँजा ,गाँजा लोड गरिएको भारतीय ट्रक र सोका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानले बताउनु भयो ।

 

फोटोमा : भारतीय ट्रकबाट बरामद गरेको गाँजा , प्रहरी नियन्त्रणमा रहेको ट्रक ।

 

Write your Comment