जीतपुरसिमराको नगर सभा : कानुनी बाटो कति सहज ?

रातोघर

 १० असार २०८१, आईतवार २०:०२  मा प्रकाशित
३२७ पाठक संख्या



सिमरा ।

बाराको जीतपुरसिमरा उपमहानगरको दशौँ नगर सभाको बैठक भोली तेश्रो पटकका लागी बोलाईएको छ । दुई पटकसम्म गणपुरक संख्या नपुगेपछी भोली समय सिमाको अन्तिम दिन १० गतेका लागी तयारी गरिएको हो ।

प्रकृया मिचेर नगर प्रमुखले एकलौटी ढंगले बजेट प्रस्तुत गर्न लागेको, वडाको बजेट घटाएर नगर प्रमुखले मनोमानी आफै आयोजनाको बजेट खर्च गर्न लागेको भन्दै कार्यपालीकाका अधिकांश सदस्यहरुको विरोध एकातिर छ ।

उता वडाको टुक्रे आयोजनाले प्रतिफल नदिएको, वडामा कार्यकर्ता पोस्ने प्रकारका आयोजनामा बजेट खेर गएको भन्दै नगरको दिर्घकालीन र दिगो विकासका लागी ठुला आयोजनालाई सफल बनाउन नगर प्रमुख अल्पमतको कानुनी बाटोमा लागेका छन् ।

भोली हुने नगर सभाको तेश्रो वैठकमा नगर सभा संचालन नियमावली २०७५ को नियम ५ को उपनियम ३ बमोजिम २५ प्रतिशत उपस्थितीलाई गणपुरक संख्या पुरा भएको मानिने व्यवस्था छ ।

हाल १२५ सदस्यिय नगर सभाका लागी १२२ मात्र कायम छन् । नगर उपप्रमुख सहित ६९ जना नेकपा एमालेबाट सदस्य कायम रहेको कार्यपालीकामा २३ जना काँग्रेस सहित नेकपा माओवादीबाट नगर प्रमुख सहित २० जना छन् ।

यसरी हेर्दा नेकपा माओवादीबाट २० सदस्यले पार्टीको आग्रह÷आदेश मानेर नगर प्रमुखलाई साथ दिएभने २५ प्रतिशत पुग्न थप ११ जना मात्रै आवश्यक पर्छ । अब असन्तुष्ट वडा सदस्य रहेका कार्यपालीका सदस्यहरुलाई २५ प्रतिशतको बलियो स्रोत मान्न सकिन्छ ।

तर २५ प्रतिशत सदस्य नपुगे के गर्ने भन्ने बिषयमा कानुनतहः स्पष्ट व्याख्या छैन । यधपीः २५ प्रतिशतका लागी चौँथो पटक पनी सभा संचालन गर्न कानुनी अवरोध छैन ।

यसरी अंग गणितीय माध्यमबाट कानुनको अन्तिम अस्त्र प्रयोग गरी नगर सभाको बैठक सम्पन्न गर्दा बजेट कार्यान्वयनको पाटोमा जटिलता बढ्ने कतिपयको बुझाई छ ।

तर नगर प्रमुख राजन पौडेल भने आफ्नो अडानमा टस्मस् छैनन् । उनले भोलीका लागी प्रहरीको घेरा भित्र कानुनको अन्तिम बिकल्पमा नगर सभा संचालनका लागी तयार भएको देखिन्छन् ।

उनले थप सुरक्षा व्यवस्थापनका लागी भन्दै जिल्ला प्रशासन कार्यालयसंग सुरक्षा मागेका छन् भने स्थानिय र केन्द्रिय तहका पार्टी प्रतिनिधिहरुलाई पनी वातावरण मिलाईदिन अपिल गरेका छन् ।

यता नेकपा एमाले सहित नगर सभा बहिस्कार इतरमा देखिएका कार्यपालीका सदस्यहरु कुनैपनी अवस्थामा नगर सभा सफल हुन नदिने अवस्थामा छन् । उनीहरुले २५ प्रतिशतको बाटोमा भन्दा बहुमत सदस्यको जायज मागलाई सम्बोधन गरी बहुमतीय प्रणालीबाट सर्वसम्मतको बाटो रोज्न नगर प्रमुखलाई आग्रह गरिरहेको वडा नम्बर २ का अध्यक्ष धन बहादुर श्रेष्ठले जानकारी दिए ।

उनले साँझसम्म नगर प्रमुखसंग सम्पर्क हुन नसकेको भन्दै नगर सभामा कुनैपनी अवस्थामा २५ प्रतिशत पुग्न नदिने आफुहरुको तयारी रहेको बताए । नगरका २४ वडा मध्ये २० वडाले नगर सभा बहिस्कारको निर्णय नै गरिसकेको भन्दै उनले अन्तिम अवस्थासम्म पनी छलफल र वार्ताका लागी आफुहरु तयार रहेको बताए ।

यता नगर प्रमुख कुनैपनी अवस्थामा लचिलो बन्न तयार नहुने अवस्थामा छन् । नगरको दिर्घकालिन विकासमा निर्मम बनेर कानुनी घेरामा नगर सभा सम्पन्न गर्ने र ठुला आयोजनाको कामलाई सफल बनाउने योजनामा उनी छन् ।

गत वर्षको घाटा बजेट पुर्ति गरी विकासका लागी योग्य बजेटको आधाआधी बजेट ठुला आयोजनामा खर्च गर्न उनी नगर प्रमुखको कानुन प्रदत्तः अधिकारलाई बढाउन खोजिरहेको छन् । जसका कारण भोलीका लागी तय गरिएको तेश्रो बैठक गम्भिर र चुनौतीपुर्ण अवस्थामा छ ।

Write your Comment