सिमरा ।
बाराको देवतालमा पालिका अध्यक्षले मनोमानी गरेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् । ७ वटा वडा मिलेर बनेको देवताल गाउपालिकामा ५ वटा वडाका अध्यक्षहरु नै पालिका अध्यक्षको बिरोधमा छन् ।
अध्यक्ष उदय यादवले गाउँ सभाका सदस्यहरुलाई कुनै सुचना नदिई प्रक्रिया मिचेर गाउँसभालाई कागजी रुपमा पूरा गरेको भन्दै वडा अध्यक्षहरु बिरोधमा उत्रीएका छन् ।
नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा स्थानिय सरकार संचालन एेन २०७४ को परिधीमा रहि गाउँपालिका सदस्यकाबीच घनिभूत छलफल हुनुपर्थ्यो । तर गाउँपालिका बैठकमा यस विषयमा छलफल हुन सकेन ।
नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेलामा गाउँपालिका अध्यक्ष यादवले आफ्ना नजिकका पार्टी कार्यकर्यालाई बोलाएर सोझा वडा सदस्यलाई प्रलोभनमा पारी हस्ताक्षर संकलन गरेको वडा नम्बर १ का अध्यक्ष अरुण कुमार सिंहले बताए ।
बैठकमा नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल नै नगरी गाउँसभा सम्पन्न गरेको भन्दै अधिकांश कार्यपालिका सदस्यले पालिका प्रमुखमाथि असन्तुष्टी र आक्रोश व्यक्त गर्दै आएका छन् ।
उनिहरुले नगरसभाको मिति पछाडी सार्न र कार्यपालिकाबाट छलफल गरेर अघि बढ्न पालिका प्रमुखलाई अनुरोध पनि गरेका थिए ।
तर अध्यक्ष यादवले आफ्नो अडान नछाडी गोप्य रुपमा गाउँ सभा सम्पन्न गरेको सिंहको आरोप छ ।
उनका अनुसार यादवमाथी अनियमित र अपारदर्शीताको समेत आरोप लागिरहेको छ ।
पालिकामा कार्यरत विभिन्न तहका करार कर्मचारीको तलब बिवरण नदेखाएको , ठेक्काको रकममा प्रतिशत लिने गरेको, बिबिध शिर्षकको खर्च बिवरण लुकाएको, अनधिकृत रुपमा सवारी साधन प्रयोग गर्ने गरेको, पालिकाको निर्णय पुस्तिका लुकाएको लताएतका आरोहरु यादवमाथी छ ।
यता पालिकालाई अनिर्णयको बन्दी बनाएको भन्दै पालिकाका ५ जना वडा अध्यक्षहरुले कानुनी लडाई लड्ने बताएका छन् ।
वडा नम्बर १ , ४, ५ , ६ र ७ का वडा अध्यक्षहरु क्रमश अरुण कुमार सिंह , ललन कुमार यादव, सुरेश प्रसाद साह, संजय कुमार र सतेन्द्र प्रसाद यादवले संयुक्त रुपमा कानुनि बाटोबाट गाउँसभाको निर्णय बदर गराउने चेतावनी दिएका छन् ।
Write your Comment