जीतपुरसिमराको नगर सभा विरुद्ध मुद्दा : दुबै पक्षलाई उपस्थित हुन अदालतको आदेश (पत्र सहित)

रातोघर

 २५ असार २०८१, सोमबार १४:४०  मा प्रकाशित
४८२ पाठक संख्या



सिमरा ।
जीतपुरसिमराकाे नगरसभा बिरूद्व उपप्रमुख, वडा अध्यक्षहरू सहित ९१ कार्यपालिकाद्वारा नगर प्रमुख सहित प्रमुख प्रशासकीय  अधिकृत  बिरूद्व जनकपुर उच्च अदालत बिरगंजमा मुद्दा  दायर गरिएको छ । न्यायाधीश भरत लम्सालकाे ईजलासबाट मुद्दा सुनुवाई भएको छ ।

जीतपुरसिमराकाे नगरसभा सञ्चालन  नियमावली २०७५ काे नियम ५ काे उपनियम ४ बमोजिम असार १० गते तेश्राे पटक २५ प्रतिशतबाट जितपुरसिमरा नगरसभा सम्पन्न भएकाे दाबी गरिएकोमा ९१ कार्यपालीका सदस्यले नगर सभा सम्पन्न नभएको दाबी गर्दै रिट दायर गरेका हुन् ।

आज भएको सुनुवाईमा दुवै पक्षलाई झिकाई छलफल गर्न भनी आदेश भएको छ । असार २८ गते अन्तरिम आदेशको छलफल हुने पत्रमा उल्लेख छ ।

तेश्रो पटक १० गतेको नगरसभा संचालनका क्रममा कुर्सी ताेडफाेड समेत भएकाे थियाे ।

Write your Comment