बाराको पसाहामा बस दुर्घटना, घाईतेको सिमरामा उपचार हुँदै

रातोघर

 २०८१ अषाढ २७, बिहिबार  मा प्रकाशित
५७६ पाठक संख्या


सिमरा ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा पर्ने पसाहा पुलनजिक बस दुर्घटना भएको छ। दुर्घटनामा १४ जना यात्रु घाइते भएका छन् ।

मलङगवाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ४ ख ७१९४ नम्बरको बस अनियन्त्रित भइ सडक छेउमा पल्टिएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताए । भारी बर्षा भईरहेको समयमा पुर्ब पश्चिम लोकमार्गमा तिब्रगतिमा बसले ओभर टेक गर्ने क्रममा सडक भन्दा उतर तर्फ बस पल्टिन पुगेको प्रहरीले अनुमान गरेको छ ।

बसमा २५/२६ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । सिमराको विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । प्रहरीले बसका सहचालक मलङगवाका राकेश कुमार साहलाई नियन्त्रणमा लिएको छ । बस चालक सर्लाहीको मलंगवा नगरपालिका ९ बस्ने ४५ वर्षीय जयनारायण महतो फरार रहेकाले उनको खोजी कार्य भइरहेको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन