सिमरा ।
बाराको देवताल गाउँपालिकाकामा दर्ता चलानी किताबमा मिति खाली राखी योजनामा अनियमितता गरेको आरोप लगाईएको छ ।
अध्यक्ष उदय प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत नवीन श्रीवास्तवको मिलोमतोमा योजनालाई आफुखुसी बितरण गर्न र पुरानो मिति कायम गरि कागजी बिल तयार पारी लाखौ रकम हिनामिना गर्न खोजिएको गाउँपालिका १ का अध्यक्ष अरुण कुमार सिंहले आरोप लगाएका छन् ।
उनका अनुसार आर्थिक वर्ष २०८०/८१ को बजेटको दर्जनौ आयोजनामा दुईको मिलोमतो देखिएको छ ।
दर्ता चलानीमा मिति किन उल्लेख नगरिएको भन्ने प्रश्नमा प्रमुख प्रसाशकिय अधिकृत श्रीवास्तवले यहाँ सिस्टम यस्तै हो भन्दै निर्वाचित जनप्रतिनिधिलाई समेत ठाडो जवाफ दिने गरेको अध्यक्ष सिंहको आरोप छ ।
दर्ता चलानी किताबमा पन्ना खाली राखी अर्को पन्ना प्रयोग गरिएको पाईएको छ ।
अधिकृत श्रीवास्तवले दर्ता चलानी किताबको फोटो किच्न समेत रोक लगाएपछी सिंहले प्रमुख जिल्ला अधिकारी समक्ष समस्याको मौखिक जानकारी गराएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले प्रमुख प्रसाशकिय अधिकृत श्रीवास्तवलाई खबरदारी गरेको बताएको छन् ।
उनले यस सम्बन्धमा थप अनुसन्धान गर्ने र कानुन बिपरित भएगरेको भए आवस्यक कारवाही प्रक्रिया अगाडि बढाईने रातोघरलाई जानकारी दिए ।
Write your Comment