बडहर्वा: बारामा आत्माहत्या गर्नेको संख्या कहाली लाग्दो देखिएको छ । विगत ३ बर्षको तथ्याङ्क हेर्दा बालिका र महिलाको संख्या अधिक छ । यस अवधिमा ४२३ जनाले आत्माहत्या गरेका छन् । जस्मा महिलाको संख्या १६१ र ८० जना बालिका छन् ।
त्यसैगरी आत्माहत्या गर्ने पुरुष पनी उस्तै छन् । भने बालकहरुको संख्या बालिको तुलनामा कम देखिन्छ । विगत ३ आर्थिक बर्षमा १५९ पुरुष र २३ जना बालकहरुले आत्माहत्या गरेको बारा प्रहरीले हालै सार्वजनिक गरेको बार्षिक घटना विवरणमा उल्लेख छ ।
प्रहरीले सार्वजनिक गरेको पछिल्लो ३ बर्षको तथ्याङ्क निम्नानुसार छ ।
आर्थिक वर्ष महिला पुरूष बाल बालिका जम्मा
२०७८।०७९ साल ४६ ४९ ८ ३६ १३९
२०७९।०८० साल ४७ ४६ ८ २० १२१
२०८०।०८१ साल ६८ ६४ ७ २४ १६३
बाराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपाने आत्माहत्याका घटना भयावह रुपमा बढीरहेको बताउनु हुन्छ । मान्छेले आफ्ना अपेक्षा चाहना पुरा गर्न नसक्दा विरक्तिएर आत्माहत्या गर्ने गरेको पाईन्छ ।
“यस्ता घटनामा महिलाहरु र बालबालिका बढी देखिएका छन् । पारिवारिक कलह, घरेलु हिंसा, अभाव झेलका र कतियप सामान्य अवस्थाका मनिसले समेत यो बाटो रोजेको पाईयो । आत्माहत्या गर्नेमा १० बर्षका बालक देखी ६५,७० बर्षका मानिस छन् । त्यो बालक समेतले आत्माहत्या गर्ने अवस्था आउनु आफैंमा गम्भरि विषय हो । ” उहाँ भन्नु हुन्छ ।
“घाँटीमा पासो लगाएर प्राणत्याग गर्नेहरुको तुलनामा विष सेवनका घटना कम छन् । तर विष सेवनपछी ८० प्रतिशत मानिस उपचारमा पुग्दा बाँचेका हुन् । विष सेवन गर्ने सबैको मृत्यु हुने हो भने आत्महत्याको अवस्था अझै कहाली लाग्दो हुने अवस्था छ ।
परिवारले उपयूक्त वातावरण बनाउनु नसक्दा यस्तो घटना हुने गरेका छन् । त्यसमा पनि एकठाउँमा एउटा घटना भएपछि लगातार जस्तै अन्यत्र पनि यस्ता घटना हुँदै आएको पाईन्छ, ” उहाँले भन्नु भयो ।
यस्तै यस्ता घटनाहरुको अध्ययान गरिरहेका मानव अधिकारकर्मी विदुर खड्का भन्नुहुन्छ “जब मान्छेको दिमागले जीउने सबै विकल्प सक्कीएको बुझ्छ । उ शुन्यतामा पुग्छ । अनी आत्माहत्या रोज्ने गरेको पाइएको छ । अर्को मान्छेले सबै भन्दा बढी महत्व दिएको कुरा जव गुमाउछ तव उ त्यो शुन्य अवस्थामा पुग्छ । अनि मृत्युको अन्तीम बाटो देख्छ । ”
यस्तो गर्नुपूर्व मान्छेले अनेक हर्कत गरिरहेका हुन्छन् । कोही डिप्रेसनमा हुन्छन् ।एक्लै बस्ने । कोही कसैसँग नबोल्ने । वेसुरका कुरा गर्ने जस्ता हर्कत गर्दछन् । यस वखत पारिवारका अन्य सदस्यले उसलाई निगरानीमा राख्ने । सम्झाउने । एक्लोपनको महसुस हुन नदिने जस्ता सहयोग गर्दा जोगाउन सकिने उहाँ बताउनु हुन्छ ।
Write your Comment