बारा : प्रहरीले एकजनालाई नेपाली नक्कली नोट ८५ हजार सहित पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका वडा नं. २ महुवाही बस्ने वर्ष ३५ का छठु गिरी भएको प्रहरीले जनाएको छ ।
विशेष सूचनाको आधारमा गत विहिबार साँझा सोही पालिका वडा नं.२ महुवाहीबाट अनटेष्ट मोटरसाईकलमा नयकाटोल तर्फ जाँदै गरेका गिरीलाई प्रहरीले नियन्त्रण लिएको हो । उनले शरिरमा लुकाईछिपाई राखेको अवस्थामा नेपाली एकहजार दरका ८५ थान नक्कली नोट फेला परेको थियो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरिक्षक नविन राईको कमाण्डामा खटिएको टोलीले गिरीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका गिरीलाई खोटा मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालत बाराबाट ८ दिनको म्याद थपगरी अनुसन्धान भैरहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
Write your Comment