त्रिशुलीमा बाराका ५ जना बेपत्ता, तिनको कुशको शव बनाएर अन्त्यष्ठी

पुष्पराज खतिवडा

 ५ श्रावण २०८१, शनिबार १६:१५  मा प्रकाशित
३४८ पाठक संख्या



बारा :भरतपुर महानगरपालिका -२९ को मुग्लीन-नारायणघाट सडकखण्डको सिमलताल पहिरोमा परि त्रिशुली नदीमा बेपत्ता भएका ब्यक्तिका परिवार सदस्यले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । घटना भएको एक सातासम्म शव फेला नपरेपछि बाराका पाँचजना जना मध्य तिनजनाको गाउँले, आफन्त र परिवारले कुशको शव बनाएर अन्त्यष्ठी गरेका हुन् ।

घटनामा परेका बाराका पाँचजना यात्रुमा प्रसौनी गाउँपालिकाका २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवी, बिश्रामपुर ३ का प्रमानन्द पंडित र कलैया उपमहानगरपालिका १४ की सृष्टी कुमारी यादव छन् । यसैगरी जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ का नेरश भनिने ४५ बर्षिय नर बहादुर वि.क. समेत हराई रहेका छन् । उनी काठमाण्डौंबाट गौरका छुटेको प्र.३००१ ख २४९५ नम्बरको गणपति डिलक्समा यात्रारत रहको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

उनीहरुको अवस्था अझै अज्ञात छ । त्रिशुली नदिमा हराएकाहरुको शव फेला नपरेपछी उनीहरुका परिवारका सदस्यले भने कुशको शव बनाएर अन्तिम संस्कार गर्ने कार्य सुरु गरेका हुन् ।

नदीमा बेपत्ता भएकी २५ बर्षिय सृष्टी कुमारी यादवको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । घटनाको आठौं दिनसम्म अवस्था पत्ता नलागेपछि सृष्टीका अभिभावकले कुशको शव बनाएर शुक्रबार अन्तिमसंस्कार गरेका थिए ।

यस्तै उक्त घटनामा परेका बाराका प्रसौनी गाउँपालिकाका २ का ताराचन्द कुर्मी, उनकी पत्नी कुसुवदेवीको बुधवारनै परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

परिवारले शव फेला नपरेको र जिवित हुनसक्ने आशा पनि मरेकोले धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका जनाएका छन् । सृष्टी पर्साको सखुवा प्रसौनी गाउँपालिकामा रेडियोग्राफरको रुपमा कार्यरत रहेकी थिईन् ।

उनी जापान जानका निम्ति परिक्षा दिन दिनको काम सेकर बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको रात्रीबस एन्जल डिलक्सबाट काठमाडौं जाँदै थिईन् ।

यता बिश्रामपुर गाउँपालिका–३ का ४० बर्षका प्रमानन्द पंडितको अवस्था पनि अहिलेसम्म पत्ता लागेको छैन ।

Durghatana

Write your Comment