जीतपुरसिमराको समृद्धि यात्रामा मेयरको एकल दौड कति सहज ?

बिरोधी कित्तामा देखिएका वडा अध्यक्ष भन्छन् ः कानुनी छिद्रको बाटो प्रयोग भन्दा सहमती र सहकार्य गरौँ

रातोघर

 ८ श्रावण २०८१, मंगलवार २०:२७  मा प्रकाशित
१४१२ पाठक संख्या



सिमरा ।

अघिल्ला आर्थिक बर्षहरुमा पनि बजेट निर्माणका चरणमा जनप्रतिनिधिह?विच सहजै सहमती जुटेको नजिर जीतपुरसिमरामा छैन । बकुलीया स्कुलको सभा हलमा माइक खोसाखोसदेखि क्लासिक प्लाजामा लफडाका विचपनि सहमतीमै बजेट आउने इतिहास यसपटक भने तोडिएको छ ।

नगर सभाको विषय अदालतमा विचाराधिन छ । आगामी भदौ ११ गतेका लागि पेशी तोकिएको मुद्दा बोकेका जनप्रतिनिधिहरुविचको संवादहिनताले अदालती फैसलानै पर्खिरहेको छ ।

असार ६ गतेदेखि १0 गतेसम्म ३ पटक नगरसभा डाकेर नगरसभामा विपक्षीको विरोध, तोडफोडका बिच ऐनमा भएको व्यवस्था अनुसार निर्मम बनेर तेस्रो नगरसभामा जोडजाड २५ प्रतिशत सदस्य गणपूरक सङ्ख्या र्पुयाएर नगर अधिवेशन सम्पन्न गरेको नगर प्रमुख राजन पौडेलको दावी छ ।

नगर कार्यपालिकामा ४ प्रवृत्तिको व्याख्दा गर्दे राजधानीका मिडियामा अन्तरवार्ता दिइरहेका मेयर पौडेल पछिल्लो समय हप्ता नबित्दै काठमाण्डौ पुग्ने गरेका छन् । यताको तनाव र किचलो थेगिनसक्नु भएपछी उनी नगरपालीकाको कार्यालयमा बस्न छाडेका छन् ।

बजेट बाँडफाँडको मुल मुद्दामा सहमती जुट्न नसक्दा शुरु भएको आन्तरिक विवादमा दुबै पक्ष आ–आफ्नो अडानबाट पछि नहट्दा थप नयाँ द्वन्द सिर्जना हुँदै गएकाले यो विषयले उपमहानगरपालिकाको विकास र दैनिक कामकाजमा समेत गतिरोध निम्त्याउन सक्ने अवस्था देखिन थालेको छ ।

गत आर्थिक बर्ष २0८0।८१ मा सम्पन्न भएका योजनाहरुको भुक्तानी बाँकी छँदा निर्माण व्यवसायी, उपभोक्ता समिति तथा अन्य सेवा प्रदायकहरु मारमा छन् । उनमहानगरमा यो विवाद नभइदिएको भए श्रावण दोश्रो सातासम्म ति भुक्तानी भइसक्ने थियो तर जनप्रतिनिधिको विवादले उक्त अवधिको करिब ३0 करोड रुपैयाँ भुक्तानी लिन बाँकी बिभिन्न व्यवसायी समेत तनावमा देखिन्छन् ।

यता मेयर पौडेलले नयाँ आर्थिक वर्ष २0८१।८२ को निति तथा कार्यक्रमलाई सचिवालयको फेसवुक पेज मार्फत व्यानर प्रचार शुरु गरेका छ्न ।

झट्ट हेर्दा, आयोजना राम्रा र दुरगामी भएपनी उनी बजेट कार्यान्वयमा एक्लै छन् । उनकै पार्टी नेकपा माओवादीबाट निर्वाचित भएका वडा नम्बर ४ का वडा अध्यक्षले प्रवक्ताबाट राजिनामा दिएपछी उनी एकाध कार्यपालीका सदस्यहरुको साथमा योजनालाई जनता समक्ष पुर्याउने भन्दै अग्रसर देखिन्छन् ।

यो वर्षको कतिपय आयोजना र बजेट बितरण गर्नुपुर्व कार्यबिधि निर्माण गर्न जरुरी छ । गत वर्षको महालेखाको प्रतिवेदनमा सैदान्तिक वेरुजुमा देखिएका शिर्षकहरु यस वर्षपनी छन् । जसलाई कार्यबिधि निर्माणबाट मात्रै कार्यान्वयमा ल्याउनुपर्छ ।

यस अर्थमा बजेट कार्यान्वयमा जनताले जति सजिलो देखिरहेका छन् त्यती सजिलो भने छैन । ९१ जना कार्यपालीका सदस्यको सहमती बिपरित रहेर बजेट कार्यान्वय हुनु असम्भव जस्तै छ ।

तर पछिल्लो ३ हप्ता सम्वादहिनताको अवस्थाले उपमहानगरको अवको भविष्य कता र कस्तो भन्नेमा अन्योलतामा छ । वडाको कतिपय बजेट शिर्षक तथा लगानी अनुत्पादक र बितरणमुखी भयो भन्ने मेयर पौडेलको आरोपलाई नकार्न सकिदैन । नियमन र प्रभावकारी अनुगमन गर्न जरुरी छ । तर त्यसो भन्दैमा म एक्लै पालीका चलाउँछु भन्नु हुट्टीट्याउँको कथा जस्तै भएको वडा अध्यक्षहरुको आरोप छ ।

त्यसो त यो समस्या जीतपुरसिमरामा मात्रै होइन । देशभरका स्थानीय र माथिल्लो तहमा समेत विवाद र अन्तर विरोध हुने गरेका छन् । विभिन्न क्षेत्र, भूगोल, समुदायबाट प्रतिनिधित्व गर्दै एकै थलोमा उभिएका जनप्रतिनिधिले आफ्नै क्षेत्र, भूगोल र समुदायको पक्षमा काम गर्न प्रयत्न गर्दा स्थिती सहज नहुन सक्छ । त्यसैले छलफल तथा संवादको माध्यमबाट स्थिती सहज बनाउदै लैजाने प्रयास नै अन्तिम विकल्प हो ।

अब नगरको कामकाज कसरी अगाढी बड्छ ? द्धन्द समाधानको बाटो के हो  भन्ने बिषयमा  बिरोधको नेतृत्व गर्ने केही वडा अध्यक्षहरुको धारणा :

वडा नम्बर १६, हरिदेव खरेल
कानुनको छिद्र प्रयोग गरेर उहाँले जुन कार्य गर्दै हुनुन्छ, त्यो वहाँकै लागी एकदिन घातक हुन्छ । हिंजो स्व. नगर प्रमुख कृष्ण पौडेलका पालामा वडालाई बजेट थोरै भयो भनेर माओवादीका अध्यक्षको नेतृत्व गर्ने वहाँ नै हो । त्यतीबेला ‘डेढलक’ को स्थिती सृजना गर्ने  पनि उहाँ नै हो । आज हामीमाथी यती संगीन आरोप लगाएर काठमाण्डौ भाग्ने ? हामीलाई पनी जनताले मत दिएर समृद्धिको अभियानमा पठाएका हुन् । भाई–भाई लाई फुटाएर, प्रशासकियलाई नियन्त्रणमा लिएर फेसबुकमा प्रचार गर्दैमा नगर समृद्ध हुन्छ ? नगरलाई खेलौना सम्झिने, संघिय सरकारले डिपिआर तयार गरिसकेको आयोजनालाई करोड करोड भन्दै फेसबुकमा प्रचार लेख्ने, म कानुन प्रयोग गरेर सबलाई सिध्याउँछु भनेर ‘चाइने’, हामी उहाँको गोठालो बनिदिनुपर्ने हो ? तपाई पत्रकारहरुले पनी समाचार सन्तुलनमा ख्याल नगर्दा आज मेयरमा दम्भ बढेको छ । मेयर स्वयमको नागरिकता सिफारिस गर्ने व्यत्ती जो उपमेयरमा हुनुन्छ, उहाँको अधिकार खोसेर किर्ते गरी घरघर पुगेर प्रलोभनमा पारेर २५ प्रतिशत् हस्ताक्षर भेला पारेको हामीसंग प्रमाण छ । वडा सदस्यलाई पाइपको भरपाई भनेर झुक्याएर सही गराउनु भो, एउटा माघले जाडो जान्छ ? नगरलाई अनिर्णयको बन्दी हुन कदापी दिँदैनौ ।

वडा नम्बर २, धन बहादुर श्रेष्ठ
हेर्नुस, हामी त सहमती गरौँ गरौँ भनिरहेका छौँ । हामीलाई बजेट थोरै भयो भन्ने मात्रै हाम्रो माग होईन । यहाँनिर जनतालाई भ्रम परिरहेको छ । उहाँले छलफल गर्नै चाहनुहुन्न । वैठक डाकेर उहाँ आफैँ नआएको धैरै रेकर्डहरु छन् । उहाँ आफुले जे भन्यो त्यही मात्रै हुनुपर्छ भन्नुहुन्छ । जुन कुरा हाम्रा साथीहरुलाई चित्र् बुझ्दैन । गतवर्षकै नगरका थुप्रै आयोजना कार्यान्वय हुन सकेन । यो वर्षको निति तथा कार्यक्रममा मेयर साप बाहेक हामी कसैको सल्लाह छलफल भएकै छैन , मुद्धा बिचाराधिन छ । उहाँले धमाधम फेसबुकमा प्रचार शुरु गरिदिनुभो । जुन कुराले उहाँलाई नै सिध्याउँछ । नगरमा सपना बाँड्ने काम भईरहेको छ । हामी बिकासको बिरोधी हुँदै होइन । हो, नगर सभाको १0 गते केही अराजक अवस्था सृजना भयो । बाँधलाई थुन्नुहुन्छ भने त्यसले क्षती निम्त्याउँछ । हामीबाटपनी आवेगमा केही कमजोरी भएका होलान । तर सहकार्य बिना नगरको समृद्धि हुन सक्दैन । मेयर सापले जनतालाई भ्रमित पारिरहनु भएको छ ।

वडा नम्बर ६, कैमुदिन अंसारी
जती गफ गरेपनी कुरा उही हो , नगरलाई खेलौना बनाईदिनु भो मेयर सापले । बसौँ, छलफल गरौँ भन्दा उहाँ मान्नुहुन्न । उहाँलाई नगरमा बस्न सक्ने अवस्था नभएर वाहिर बस्न थाल्नु भो । उहाँ एकलौटी ढंगले कोठामा बसेर निति र कार्यक्रम बनाउने अनी नगर सभामा बाचन नै नगरी भैसक्यो भनेर झुट बोल्ने गज्जवको मान्छे हुनुन्छ । अरु के भन्नु, लेखेर राख्नुहोला उहाँलाई पछुताउनुपर्छ ।

वडा नम्बर २१ , शुबास श्रेष्ठ
हामी त सहमती र सहकार्यका लागी पर्खिरहेका छौँ । उहाँले छातीमा हात राखेर भन्न सक्नुपर्छ , हामी कसरी के कुरामा बिरोधी भयौँ ? वैठक बोलाउने अनी २ घण्टा कुर्दा नआउने उहाँ नै हो । मलाई धेरै केही भन्नु छैन । उहाँ एकलौटी योजना बनाएर हिँडिरहनुभएको छ । हामीलाई बिकासको बिरोधी भन्ने लान्छना लगाइरहनु भएको छ । यो नगरबासीका लागी उचित भइरहेको छैन । फेसबुक चलाउने सिमित एउटा वर्गमा योजना देखाएर अब कार्यपालीका सदस्यलाई जस्तै जनतालाई झुक्याउन खोज्दै हुनुन्छ । त्यो काम रोक्नुस् । कार्यपालीका बैठक डाक्नुस्, सहकार्य गर्नुस् यसरी समस्यासंग भागेर निकास र विकास दुवै हुदैन भन्न चाहन्छु ।

वडा नम्बर ७, सुनिल गुप्ता
उहाँ एक्लै हिडिरहनुभएको छ । उहाँको पार्टीपंत्ती समेत उहाँसंग दुखी छ । हामी त छदैछौँ । हामीलाई जनताले बिस्वास गरेर विकास गर्नै पठाएका हुन् । तर हामीलाई उहाँले बिस्वास गर्नुभएन । जुनकुरा वडाका जनताले राम्रोसंग बुझेका छन् । नगरवासी अहिलेसम्म सहेर बसेका छन् । केही उहाँका नजिकका मान्छेहरु र गलत सल्लाहकारको फेरीम उहाँ पर्नुभो । मलाई लाग्छ छ्टिटै उहाँको आँखा खुल्छ । सहमती गरौँ हामीले भनिरहेका छौँ ।

वडा नम्बर १४, चयन गुरुङ
हेर्नुस भाई, हामी पनी कसैले टिका लगाइदिएको भरमा वडा अध्यक्ष भएको होइन । नगरप्रती हाम्रो पनी उत्तीकै दायित्व छ , जती मेयरको छ । कानुनी अधिकार र कतव्य हामीले पनी पढेका छौँ । विरगंजको मुद्धा बिचाराधीन छ । यहाँबाट भएन भने हामी माथिल्लो निकास जाने नै तयारीमा छौँ । तर, हामी मेयर जसरी एक्लै र एकोहोेरो भएर हिँडदैनौँ । एक्लौ नगर चलाउँछु भनेर उहाँले सपना देखिरहनुभएको । फेसबुकको कमेन्ट पढेर नगर चल्दैन । यो कुरा उहाँले बुझ्न जरुरी छ ।

वडा नम्बर १, हिरा बहादुर गुरुङ
गलत भइरहेको छ । यसरी नगर चल्दैन । मेयरसापले सवै भताभुङ्ग पार्न खोजिरहनु भएको छ । यसले नगरको बिकासमा १0 वर्ष पछाडी थकेल्न सक्छ । बजेट कार्यान्वयन गर्नु पर्दैन ? खाली प्रचार गरेर हुन्छ ? उहाँले नै सहकार्य गर्न चाहनुहुन्न त हामी के गर्ने ? नगरसभालाई मानेर जानेहो भनेपनी उहाँको निति तथा कार्यक्रमलाई संसोधन गर्नुपर्छ । उहाँले एक्लै बनाएको नितिलाई हामीले मानिदिनुपर्छ भन्ने हुँदैन । त्यही बिषयहरुलाई पनी छलफलबाट टुङ्गो लगाउन सकिन्थ्यो ।

यता उपप्रमुख भोला प्रसाद अधिकारीले प्रकृया पुरा नगरी एकाङ्की ढंगले सम्पन्न गरिएको नगर सभाको औचित्य नभएको जिकिर गरे । उनले सभा अघि हुनुपर्ने छलफल र वडाका आयोजना संकलनको कार्य केहीपनी नगरी अकस्मात तय गरी सम्पन्न भयो भनिएको नगरसभाले भोलीको सुन्दर जीतपुरसिमराका कल्पना गर्न नसकिने बताए ।

बिधिमा नगर प्रमुख पनी बस्नुपर्ने भन्दै उनले आवश्यक परे विशेष नगरसभा आयोजना गरी निती तथा कार्यक्रमलाई संशोधन गर्न लाग्नुपर्ने मेयरको नैतिक जिम्मेवारी रहेको समेत धारण राखे । भोली नगरमा कुनैपनी प्रकारको द्धन्द सृजना भए त्यसको सम्पुर्ण जिम्मेवारी समेत नगर प्रमुख स्वयम हुने भन्दै सहमती र सहकार्यको वातावरणलाई पर्खिरहेको बताए ।

उता नगरप्रमुख राजन पौडेलले सहकार्य र सहमती भनेकै आफुले नबुझेको बताए । नगर सभा कानुन बमोजिम सम्पन्न भइसकेकाले अव योजना कार्यान्वयनमा सवै लाग्नुपर्ने भन्दै आवश्यक छलफल र परामर्श गर्ने बताए ।

टुक्रे योजना प्रभावकारी नभएकोले अलि ठुला योजना ल्याउन आग्रह गर्दा वडाध्यक्षहरू सहमत नभएपछि चालु आर्थिक वर्षका लागि बजेट ल्याउने क्रममा तनावको अवस्था सिर्जना भएको आरोप लगाउँदै प्रमुख पौडेलले नगरको बिकासमा कार्यपालीका सदस्यले साथ नदिए जनतामाझ जाने र सहयोगको अपिल गरेर अघि बढने धारणा राखे ।

Write your Comment