बारा : जिल्ला वन कार्यालय बारा र हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिको संयूक्त गस्ती टोलीले ९ थान सालका अबैध गोलाई बरामद गरेको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को माथ्लो बडहर्वा स्थीत शंकर चोक नजिकै जंगलबाट विहिबार बेलुका उक्त काठ बरामद भएको हो ।
वनबाट चोरी तस्करी गरी ल्याइएका सालका गोलाई ९ वटै साकलमा लोडगरी घारीमा लुकाई राखिएको अवस्थामा फेला परेको बन कार्यालय बाराले जनाएको छ ।
विशेष सुराकीका आधारमा सव डिभिजन वन कार्यालय डुमरवानाका वन रक्षक धर्मदेव यादवको कमाण्डामा रहेको वन गस्ती टोलीले करिब ४३ क्यूव फिट सालको काठ बरामद गरेको हो ।
बरामद काठ तथा साईकल हलखोरिया साझेदारी वन ब्यवस्थापन समितिको परिषरमा रहेको हलखोरिया सवडिभिजन वन कार्यालय डुमरवानामा राखीएको छ । काठ चोरीमा संलग्नहरुको खोजतलास भैरहेको वन रक्षक किसुन यादवले जानकारी दिनु भयो ।
Write your Comment