अत्याधिक मदिरा सेवनबाट यूवकको मृत्यु

पुष्पराज खतिवडा

 १५ भाद्र २०८१, शनिबार १६:११  मा प्रकाशित
३२२ पाठक संख्या



बारा : जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थीत पिलुवा कलैया सडकखण्डको शंकरचोक नजिकै शनिबार अपराहन्न एक यूवा मृत भेटिएका छन् ।

कलैया उपमहानगरपालिका वडा नं.२१ भोडहा निवासी महेन्द्र चौधरीका छोरा ३३ बर्षका शंकर चौधरी मृत भेटिएका हुन् । मानसिक समस्यामा रहेका चौधरी शनिबार विहान घरबाट निस्कीएका थिए । अपराहन्न १२ बजे सडक किनारको झाडीमा घोप्टो परेको अवस्थामा मृत भेटिएको उनका आफन्तले बताए ।

रुद्राक्ष, तुलसीको माला लगाएका त्रिशुल समेत बोकेर बाबाको नाममा देउ भन्दै पैसा मागेर मदिरा सेवन गर्दै आएका थिए । अत्याधिक मदिरा सेवनका कारण गर्मीले उनको ज्यान गएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट बुझिएको सिमरा प्रहरीले जनाएको छ ।

सडक किनारमा लामो समयबाट मानिस सुतेको र चट्पटाउन समेत छाडेको देखेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतक चौधरीको शव परिक्षणका लागि प्रादेशिक अस्पताल कलैया लगिएको प्रहरीले जनायो ।

Write your Comment