

वि.पी.भट्ट,काठमाण्डौं । नेपाल तेक्वान्दो संघ ललितपुरले पारा ओलम्पिकमा सहभागी ओलम्पिक पदक विजेता पलेशा गोवर्धन सहितका खेलाडीहरुलाई बधाई तथा बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ ।

पारा ओलम्पिकमा पलेशा गोवर्धनले नेपाललाई पहिलो पटक ओलम्पिक पदक दिलाएकी छिन, उक्त कार्यक्रममा दोजाड्ड प्रमुख , नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणा, उपाध्यक्ष भान बहादुर चन्द , संजिव रेग्मी, दिल बहादुर ओली, नन्दु कुमार राई , महासचिव दिपक राज गुरुङ , सहितका बोर्ड मेम्बरहरु, रातो घर मिडियाका संञ्चालक राजन उप्रेती र विभिन्न संघ संस्थाको गरी तिन सय भन्दा बढीको सहभागिता रहेको थियो ।

नेपाल तेक्वान्दो संघले पलेशा गोवर्धन सहित पारा ओलम्पिकमा सहभागी खेलाडीहरु लाई सम्मान गरिने योजना समेत रहेको संघले जानकारी दिएको छ । नेपाल तेक्वान्दो संघको सातदोबाटो स्थित रहेको कार्यालयमा शनिवार सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष प्रकाश सम्शेर राणाले गर्नुभएको थियो ।





Write your Comment