वीरगञ्जमा एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर आयोजना हुने

रातोघर

 २०८१ आश्विन ३, बिहिबार  मा प्रकाशित
७४६ पाठक संख्या


वीरगञ्ज। वीरगञ्जमा आगामी शुक्रबार एभरेष्ट महिला भलिबल लिगको रनिङ ट्रफी टुर कार्यक्रम आयोजना हुने भएको छ। नेपाली भलिबलको इतिहासमै पहिलो फ्रेन्चाइज महिला भलिबल लिगको ट्रफीलाई प्रचारप्रसार गर्दै, विभिन्न टिमको क्षेत्रमा घुमाउने उद्देश्यले यो टुरको आयोजना गरिएको हो।

असोज १४ देखि १९ गतेसम्म काठमाडौंमा हुने उक्त लिग नेपाली खेलकुदमा महत्वपूर्ण मानिएको छ। वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यो ट्रफी टुर कार्यक्रमबारे जानकारी दिइएको थियो। नेपाली भलिबलको इतिहासमा पहिलो पटक आयोजना गर्न लागिएको फ्रेन्चाइज एभरेष्ट महिला भलिबल लिगको ट्रफी टुर टोली वीरगञ्जमा आइपुगेको छ।

यसै सन्दर्भमा मधेश युनाइटेडले आफ्ना खेलाडी छनोटका लागि असोज ४ गते वीरगञ्जको ज्ञानदा एकेडेमीमा ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। ट्यालेन्ट हन्टबाट छानिएका उत्कृष्ट खेलाडीलाई मधेश युनाइटेडको टिममा समावेश गरिनेछ। मधेश युनाइटेडको टिममा ८ नेपाली र ३ विदेशी खेलाडीसमेत रहेका छन्। विदेशी खेलाडीमा काजकिस्तानकी कालिनोभा यभजेनिया, ट्युनिसियाकी योस्रो जेरामदिनी, र भारतीय भलिबल टिमकी कप्तान जिनी कोभात छन्।

नेपाली खेलाडीहरुमा राष्ट्रिय भलिबल टिमकी सदस्य निरुता ठगुन्ना टिमकी मार्की खेलाडीको रुपमा रहेका छन्। मधेश युनाइटेडका प्रमुख कार्यकारी अधिकृत सांज्ञा श्रेष्ठले लिगको तयारीबारे जानकारी दिँदै, मधेश क्षेत्रका प्रतिभावान खेलाडीहरुलाई अवसर दिने उद्देश्यले ट्यालेन्ट हन्ट कार्यक्रमको आयोजना गर्न लागेको बताइन्।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban