सिमरा । नेपाल राष्ट्रिय कलाकार संघ चितवनले बाराको सिमरामा देउसीभैंलो कार्यक्रम सम्पन्न गरेको छ । संघले अनाथ,असाहय र असक्तहरुको लागी सहयोगार्थ देशको प्रमुख सहरहरुमा पुगेर देउसीभैंसी खेल्दैं शनिवार सिमरामा आई पुगेको हो ।
सिमराबासीको निमन्त्रणा स्वीकार गरेर आफुहरु देउसीभैंलो खेल्न सिमरा आएको र सिमराका स्थानिय बासिन्दाहरुले गरेको माया,स्नेह,स्वागत र सम्मानको लागी संघ आभारी रहेको संघका अध्यक्ष लक्ष्मण नेपाल बताए ।
देउसीभैंलो कार्यक्रममा राष्ट्रिय कलाकारहरुको समुहले बिभिन्न नाटक,नृत्य र गायन प्रस्तुत गरेका थिए । प्रस्तुत नाटकमा पिताम्बर आचार्य(सादुराम)ले मंैसासुर बनेर प्रमुख अभिनय गरेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय कलाकार संघ चितवनका अध्यक्ष लक्ष्मण नेपाल, कार्यक्रम संयोजक खगराज खरेल,निर्देशक राम नेपाल,कलाकार पिताम्बर आचार्य(सादुराम),सुनिता आचार्य,देवी भारती,रामशरण कोईरला,शिव बैरागी,पुजन लामिछाने,रहिम मिया,लोक गायक सरोज बिरही,गायिका पुर्णिमा रानाभाट सहितका दर्जनौं कलाकारहरु र स्वानी एण्ड द ग्रुपले आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जीतपुरसिमराका जनप्रतिनिधी,सिमराका भद्रभलादमी,समाजसेवी र स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । देउसीभैंलो हेर्न आउने दर्शक जो कोहीले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेका थिए ।
देउसीबाट संकलन भएको सम्पर्ण रकम नितान्त अनाथ,असाहय र असक्तहरुको सहयोगार्थ रहने लोक गायक सरोज विरहीले बताए ।
Write your Comment