अराजक गतिविधिमा उक्साएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँ म्याद थपका लागि सरकारी वकिल कार्यालयमा

रातोघर

 २०८२ मंसिर २, मंगलबार  मा प्रकाशित
२९० पाठक संख्या


काठमाडौं । हिं’सा भड्किने गरी अ’राजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा मध्यरातमा पक्राउ परेका दुर्गा प्रसाईँलाई म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगिएको छ।

प्रसाईँलाई अभिव्यक्ति तथा गतिविधिबाट सार्वजनिक शान्ति सुरक्षा उल्लंघन हुन सक्ने भन्दै सुरक्षा निकायले समातेर रातारात नियन्त्रणमा लिएको थियो। आवश्यक अनुसन्धान अघि बढाउन प्रहरीले प्रारम्भिक म्याद थपका लागि उनलाई सरकारी वकिलको कार्यालयमा पेस गरेको हो।

यसअघि पनि विवादित अभिव्यक्ति र गतिविधिका कारण प्रसाईँ अनेक मुद्दामा प्रहरी तथा सरकारी निकायको निगरानीमा परेका थिए।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban