दुर्गा प्रसाईंलाई भेट्न पुगेका ८ जना नियन्त्रणमा, सामाजिक सञ्जालमा उत्तेजक गतिविधि गरेको आरोप

रातोघर

 २०८२ मंसिर ३, बुधबार  मा प्रकाशित
२२० पाठक संख्या


काठमाडौं   मध्यरातमा पक्राऊ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न पुगेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएर स्क्रिनिङ गरेको छ।

प्रहरीका अनुसार ती व्यक्तिहरू भीडभाड र नाराबाजी गर्दै प्रहरी कार्यालय पुगेका थिए। साथै, सामाजिक सञ्जालमार्फत प्रहरी कार्यालय तो’डफो’ड गर्ने जस्ता उत्तेजक तथा अवाञ्छित सूचना प्रवाह भएको भन्दै निगरानीका लागि उनीहरूलाई नियन्त्रणमा लिइएको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban