

काठमाडौं — उच्च अदालतले ‘लालीबजार’ चलचित्र प्रदर्शनमा अस्थायी रोक लगाउँदै दुवै पक्षलाई आगामी २२ गते छलफलका लागि बोलाएको छ। अदालतको आदेशअनुसार सो मितिसम्म चलचित्र प्रदर्शन नगर्न भनिएको छ।
आजका लागि ‘लालीबजार’को प्रिमियर शो आयोजना गरिए पनि अदालतको निर्णयपछि चलचित्र निर्धारित मितिमा प्रदर्शनमा नआउने भएको छ। उच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका अनुसार २२ गते हुने छलफलपछि मात्रै चलचित्र प्रदर्शनबारे अन्तिम निर्णय लिइनेछ।
निर्देशक याम थापाको निर्देशनमा बनेको उक्त चलचित्र बादी समुदायका महिलाको कथामा आधारित रहेको बताइएको छ। तर ट्रेलर सार्वजनिक भएपछि केही वादी अभियन्ताहरुले कडा आपत्ति जनाएका थिए। उनीहरुको आरोप अनुसार चलचित्रले वादी समुदायलाई बदनाम गर्ने प्रयास गरेको छ।
यस्तै, ‘लालीबजार’ नामप्रति पनि उनीहरुले असन्तुष्टि जनाएका छन्। विवाद चर्किएपछि विषय अदालतसम्म पुगेको हो, जसका कारण चलचित्रको प्रदर्शन तत्कालका लागि रोकिएको छ।





Write your Comment