महोत्तरीमा प्रहरी सहित दुई लेखापाल अख्तियारको फन्दामा

रातोघर

 २०८० अषाढ २२, शुक्रबार  मा प्रकाशित
३९४ पाठक संख्या


महोत्तरी ।

महोत्तरीमा प्रहरी सहित दुई लेखापाललाई घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको छ । जिल्लाको सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसिया र जिल्ला प्रहरी कार्यालय महोत्तरीका लेखापाल, प्रहरी नायब निरीक्षक ९सई० विनोद विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित पक्राउ गरेको हो ।

सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसियामाथि सेवाग्राहीसँग काम गरेबापत १ लाख २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको आरोप छ । उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । अख्तियारको बर्दिबासबाट खटेको टोलीले गाउँपालिकाको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यलयका लेखापाल विष्ट विरुद्ध अख्तियारले घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले भवन निर्माणको म्याद थप तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो ।

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कैद र बिगोबमोजिम जरिवानाको मागदाबी गर्दै विशेष अदालत काठमाडौमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban