कक्षा ११ कस्ता विद्यार्थीले के विषय पढ्ने ?

रातोघर

 २०८० अषाढ २४, आईतबार  मा प्रकाशित
४८३ पाठक संख्या


काठमाडौं ।

एसईई नतिजा आएसँगै कक्षा ११ र १२ को पढाइ हुने विद्यालय र कलेजहरुले भर्ना आह्वान गरिसकेका छन् ।विद्यार्थीका लागि कक्षा ११ र र १२ को पढाइ यसकारण पनि महत्वपूर्ण छ कि, यही समयमा गरेको मिहिनेतले भविष्य निर्धारण गर्नेछ ।

उनीहरुले आफ्नो क्षमता र रुचि अनुसार विषय रोज्ने अवसर पनि कक्षा ११ मा पाउँछन् ।

विद्यालयहरुले करियर काउन्सिलिङका क्रममा विद्यार्थीको स्वभाव, रुचि अनुसार कुन विषय पढ्दा भविष्यमा के बन्न सकिन्छ, ती विषयको पढाइ कहाँ कहाँ हुन्छ, कति खर्च लाग्छ जस्ता विषय जानकारी दिनुपर्ने उनको भनाइ छ ।

प्रत्येक व्यक्तिको रुचि र क्षमता फरक फरक हुन्छ । तर एसईई उतीर्ण विद्यार्थीले आफैंले आफ्नो क्षमता र रुचि थाहा नपाउन सक्छन् । बरु विद्यालयका शिक्षकहरुले विद्यार्थीलाई राम्रोसँग बुझेका हुन्छन् । त्यसैले शिक्षकले विद्यार्थीको क्षमता के छ भन्ने बताइदिएमा बल्ल उनीहरु आफूले के पढ्ने भन्ने निर्णय गरेर त्यो क्षेत्रमा जान सक्ने ज्ञवाली बताउँछन् ।

कक्षाा ११ मा विषय छनोटबारे ज्ञवालीको सुझाव पढ्नुहोस् : 

सिक्ने तरिका (लर्निङ स्टाईल) का आधारमा

सिक्ने तरिका अथवा क्षमता व्यक्ति पिच्छे फरक फरक हुन्छ । त्यो सिक्ने क्षमताले पछि काम गर्ने तरिकामा नै फरक पार्छ । त्यसैले विद्यार्थीले विषय रोज्दा उसको सिक्ने क्षमताको आधारमा विषय रोज्दा राम्रो हुन्छ ।

जस्तो यदि तपाईं गफ गर्न सक्नुहुन्छ, कुरा सुन्नुहुन्छ, कथा, रेडियो सुन्नुहुन्छ अथवा टाढाको मान्छेको आवाज सुन्नुहुन्छ, टेलिफोनमा एक चोटी सुनेको मान्छेको आवाज अर्को चोटी चिन्नुहुन्छ भने तपाईंको सुन्ने शक्ति अथवा क्षमता राम्रो छ । सुन्ने शक्ति राम्रो भएको व्यक्तिले साहित्य, दर्शन, कानुन विषयगत समूहमा अथवा क्षेत्रमा जान सकिन्छ ।

अर्को, एकपटक देखेको व्यक्ति नबिर्सने, भिजुअलहरु मनपर्ने स्वभावको व्यक्तिहरु हुन्छ । सामान्यतया यस्ता क्षमता अथवा स्वभाव भएका मानिसको बाह्य आकृति अथवा स्वभाव विचरण गर्ने, आफ्नो लुगा छान्दा पनि रङ, डिजाइन मिलाउने खालका हुन्छन् । यस्ता स्वभाव भएको व्यक्तिहरु चित्रकला, अभिनय क्षेत्रमा अथवा आर्किटेक्चर, डिजाइनर, डिटेक्टिभ सम्बधित विषयहरु पढ्न सक्छन् । यो क्षेत्रमा जाँदा उनीहरुको पेशागत भविष्य राम्रो हुनसक्छ ।

कुनै कुनै बालबालिका शारीरिक रुपमा एकदम सक्रिय हुन्छन् । त्यस्ता बच्चालाई सामान्यतया नेपाली समाजमा चकचके भनिन्छ । त्यस्तो बच्चालाई हात, खुट्टा चलाइरहनुपर्ने, यता उता दौडिरहनुपर्ने हुन्छ । त्यस्तो स्वभावको विद्यार्थीले प्राक्टिकल, प्रेजेन्टेसन गर्न रुचि राख्ने हुन्छन् । त्यस्ता बच्चाहरु फिल्ड वर्क गर्नुपर्ने क्षेत्रमा राम्रो गर्न सक्छन् ।

जस्तो सिभिल इन्जिनियर, पर्यटन अथवा उद्यमी हुनलाई पनि यस्तो सक्रियता आवश्यक हुने भएकाले त्यस्ता विषयगत समूहमा अथवा खेलकुद क्षेत्रमा जान सक्छन् ।

कतिमा चाहिँ सबैको मिश्रित गुण हुन्छ । अर्थात माथिका सबै गुण अलि अलि हुन्छ । त्यस्ता विद्यार्थी शिक्षा, पत्रकारिता विषयमा जान सक्छन् अथवा जुनसुकै फिल्डमा जाँदा पनि राम्रो गर्न सक्ने हुन्छ ।

बहु बौद्धिकता (मल्टिपल इन्टेलिजेन्स) को आधारमा

अर्को बहु बौद्धिकता क्षमता अनुसार विद्यार्थीले उपयुक्त विषय रोज्न सक्छन् अथवा सुझाव दिन सकिन्छ । यसका विभिन्न ९ वटा सूचकको आधारमा विद्यार्थीले आफ्नो रुचि र स्वभावको आधारमा विषय रोज्न सक्छन् । अभिभावकले विषय रोज्ने स्वतन्त्रता दिन सक्छन् । यसका विभिन्न सूचकको आधारमा बालबालिकालाई विषय रोज्न अथवा विद्यार्थीले विषयगत समूह रोज्न सक्छन् ।

इन्ट्रापर्सनल इन्टेलिजेन्स क्षमता भएको व्यक्ति स्व–निर्णय गर्न कमजोर हुन्छ । त्यस्ता विद्यार्थीलाई दर्शन पढाउने, साहित्य पढाउने, समाजशास्त्र पढाउन सकिन्छ । त्यसबाट आफै निर्णय गर्न सक्ने, आलोचनात्मक कुरा बुझ्छ । त्यसले भविष्यमा खोज अनुसन्धान क्षेत्रमा राम्रो गर्न सक्छन् ।

इन्टरपर्सनल इन्टेलिजेन्स भएको व्यक्तिले अरुसँग कुरा गर्नुपर्ने, प्रभाव पार्नुपर्ने हुन्छ । त्यो भनेको अर्को व्यक्तिसँग कुरा राख्दा सकेसम्म आफ्नो कुरा सुनाउन सक्ने, प्रभाव पार्नको लागि विभिन्न तर्कसंगत राख्न सक्ने हुन्छ । त्यस्ता व्यक्ति व्यवस्थापन पढ्न सक्छ । त्यसबाट उनीहरु भविष्यमा नेता, बैंकर, पीआर (पब्लिक रिलेसन), मार्केटिङ क्षेत्रमा जानसक्छन् । यस्ता स्वभाव भएका व्यक्तिहरु अरुलाई राम्रोसँग बुझाउन सक्ने भएकाले शिक्षा तथा पत्रकारिता जस्ता विषयगत समूहमा पढ्न सक्छन् ।

लिंग्विस्टिक इन्टेलिजेन्स भाषाप्रति रुचि राख्ने, पढ्न रुचाउने स्वभावको बालबालिकाले भाषा प्रयोग हुने विषयगत समूहमा जान ठीक हुन्छ । यस्ता विद्यार्थीले साहित्य, कानुन, विषय पढ्दा राम्रो हुन्छ । साहित्य पढेर लेखनमा राम्रो गर्न सक्छ, अर्को वकालत गर्नको लागि पनि भाषिक ज्ञान हुनुपर्ने भाषिक संयोजन गर्न सक्ने हुनुपर्ने भएकोले कानुनमा पनि राम्रो हुन्छ । त्यस्तै भाषा सम्पादन गर्न सक्छ ।

म्याथमेटिकल स्पेसल इन्टेलिजेन्स भिडियोको माध्यमबाट विद्यार्थीले गणितीय विषय बुझ्न सक्छन् । यस्ता विद्यार्थीले विज्ञान, गणित, इन्जिनियरिङ, अर्थम्याटिक तथा ज्योम्याट्रिक सम्बन्धित विषय समूह रोज्न सक्छन् ।

म्युजिकल इन्टेलिजेन्स यसमा चाहिँ विद्यार्थीको सुन्ने क्षमताको कुरा गरेको छ । गीत सुनेर भाका बुझ्न सक्ने, त्यसप्रति चासो राख्ने, गाउन रुचाउने र संगीत सुनेर त्यहाँ बजेका बाजाहरु छुट्याउन सक्ने क्षमता हुन्छ । त्यस्ता स्वभाव भएका बच्चा संगीत सम्बन्धित विषयमा राम्रो गर्न सक्छ । त्यसैले संगीत विषय पढ्दा राम्रो हुन्छ ।

न्याचुरलिस्टिक इन्टेलिजेन्स त्यो भनेको भौतिकता, प्रकृति सम्बन्धी रुची भएको हो । भू विज्ञान, फलफूल खेतीपातीप्रति चासो राख्ने, बुझ्न मन पराउने, प्रकृतिसँग नजिक हुन खोज्ने हुन्छ । त्यस्ता विद्यार्थीले बनस्पति विज्ञान अथवा कृषि विज्ञान सम्बन्धित विषय पढ्दा राम्रो हुन्छ ।

एक्जिस्टेन्सियल इन्टेलिजेन्स भएका व्यक्तिहरु मानव, समाज, धर्म लगायतको विषयमा रुची राख्छन् । त्यसैले उनीहरु साहित्य, दर्शन, मानवशास्त्र, समाजशास्त्र, राजनीति शास्त्र आदि क्षेत्रमा जान सक्छन् । किनकी उनीहरुले मान्छेको बारेमा, धर्मको बारेमा गहिरो अध्ययन गर्न, बुझ्न रुचि राख्छन् ।

भिलुअल स्पेसालिटी भिजुअल हेरेर सिर्जना बुझ्न सक्ने अथवा रुची भएका विद्यार्थीहरु पनि हुन्छन् । उनीहरु रङसँग खेल्न रुचाउँछन् त्यसले गर्दा डिजाइनर, आर्किटेक्ट, इन्टेरियर डिजाइनर, चित्रकला सम्बन्धित विषय समूह रोज्न सक्छन् ।

कतिपयमा भने माथिका अधिकांश क्षमता मिश्रित रुपमा रहेका हुन्छन् । त्यस्ता व्यक्तिहरु शिक्षा संकाय अथवा त्यो समूहको विषय रोज्न सक्छन् । शिक्षण क्षेत्रमा जानको लागि कुनै एउटा विषयमा मात्रै चासो नभएर धेरै वटा विषयमा पोख्त हुनुपर्छ ।

विद्यार्थीलाई तिम्रो व्यक्तित्व अनुसार कुन विषय रोज्दा तिमीलाई ठीक हुन्छ भनेर परामर्श दिनुपर्ने हुन्छ । तर तिमीले यही लिनुपर्छ भन्ने खालको होइन । तिम्रो व्यक्तित्व अथवा क्षमता यस्तो भएकाले यो विषय पढ्दा तिम्रो लागि उपयुक्त हुनसक्छ भनेर परामर्श दिने हो । त्यो सँगै विषयहरु कहाँ र कसरी पढाइ हुन्छ भन्ने जानकारी दिएपछि विद्यार्थी आफूले चाहेको अनुसार विषय रोज्न सक्छन् ।

तर नेपालमा विद्यार्थीले आवश्यक परामर्श नपाउँदा विषय रोज्दा प्रभावित भएको देखिन्छ । एउटा अभिभावकले पढाउन खोजेको कुराले र अर्को साथीसंगतको प्रभावमा । हाम्रो समाजले मान्ने गरेको सम्मानजनक पेशा रोजेर डाक्टर, इन्जिनियरिङ क्षेत्रमा जानको त्यो विषय समूह अनुसार जाने गरेको र त्यही अनुसार स्नातक तहमा पढ्ने गरेको देखिन्छ ।

जसले गर्दा बीचमा छोड्ने, पास गर्न नसक्ने, पढेर पनि पढेको भन्दा फरक पेशामा लाग्ने हुन्छ । त्यसले गर्दा विद्यालयले विद्यार्थीको स्वभाव, रुचि अनुसार यही विषय पढ नभनेर परामर्श दिन जरुरी छ ।

त्यसैले विद्यार्थीलाई आफ्नो स्वभाव अनुसार उपयुक्त विषय छनोट गर्न यो बेलामा परामर्श आवश्यक पर्ने काठमाडौं विश्वविद्यालयका प्राध्यापक तथा शिक्षाविद् डा.शिक्षाविद् लक्ष्मण ज्ञवाली बताउँछन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban