मृग ठानेर बन्दुक पड्काउँदा साथीको ज्यान गयो

रातोघर

 २०८० अषाढ २५, सोमबार  मा प्रकाशित
३०१ पाठक संख्या


भोजपुर :

भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ।गोली लागेर भोजपुर–१२ टक्सारका  १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। घटनामा संलग्न छ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए।

घटना यही असार २२ गते रातिको हो।गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेका थिए। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

‘घटना २२ गते रातिको हो। साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ’, प्रहरी प्रमुख थापाले भने,‘पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छौँ । थप अनुसन्धान जारी छ।’मृतकका आफन्तले आइतबार खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरी घटनास्थलबाट शव निकालिएको हो।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban