रूपन्देहीमा मोटरसाइकल चोरी गर्ने गिरोह नै पक्राउ

रातोघर

 २०८० अषाढ २५, सोमबार  मा प्रकाशित
३९० पाठक संख्या


रुपन्देहीका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने ‍गिरोह नै पक्राउ परेको छ। इलाका प्रहरी कार्यालय बुटवलले चोरी गरिएका १४ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुमा रुपन्देहीको, बुटवल उपमहानगरपालिका वडा नं. ३ ज्योतीनगर बस्ने वर्ष १९ को तरुन राना, पश्चिम नवलपरासीको  रामग्राम १४ बस्ने वर्ष ४३ को सुनिल कुमार चौधरी, रामग्राम १६ बस्ने वर्ष २० को करन थारु, गुल्मी घर भई हाल रुपन्देहीको तिलोत्तमा-५ बस्ने वर्ष २६ को सरोज थापा, गुल्मी घर भई हाल जिल्ला रुपन्देही, तिलोत्तमा-५ बस्ने वर्ष २६ को दिपक रेगामी मगर, तिलोत्तमा ६ बस्ने वर्ष २४ को दिपेश थापा रहेका छन्।

त्यस्तै तिलोत्तमा ६ बस्ने वर्ष २५ को हितेश राना, बाग्लुङको बरेङ-५ सुखौरा बस्ने वर्ष १९ को आशिष सामत, वर्ष २० को दिपक सामत, वर्ष २९ को गोरे भन्ने प्रमोद पुर्जा, बरेङ ५ भित्रीवन बस्ने वर्ष २२ को मिलन खत्री र रुपन्देहीको तिलोत्तमा ४ बस्ने वर्ष १८ को आकाश नेपाली रहेका छन्।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले१३ जनामध्ये ६ जना एउटा समुहमा रहेको र अन्य सातजना विभिन्न समुहमा रहि चोरिमा संंलग्न रहदै आएको पाईएको जानकारी दिए।

गत फागुन यता हराएका मोटरसाईकल खोजीका लागी डेढ महिनादेखि थालिएको चोरी अपरेसनबाट उक्त गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban