सामूहिक बलात्कार गरेको आरोपमा तिन जना पक्राउ

रातोघर

 २०८० श्रावण ९, मंगलबार  मा प्रकाशित
५०४ पाठक संख्या


वीरगञ्ज ।

सप्तरीमा सामूहिक बलात्कारका घटना एकपछि अर्को गरी बाहिरिएका छन् । असार २९ गते नाबालिगकालाई डर धम्की देखाइ सामूहिक बलात्कार गरेको एक हप्तापछि फेरि शनिवार एक जना महिला सामूहिक बलात्कारमा परेको घटना बाहिरिएको हो ।

शनिवार जिल्लाको शम्भुनाथ नगरपालिका-५ की एक ३५ वर्षीय महिलालाई डर धम्की देखाइ तीन जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार आइतबार पीडितले लिखित जाहेरी दिएपछि उक्त घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई तत्कालै नियन्त्रणमा लिइएको छ ।

जबरजस्ती करणीको आरोप लागेका तीनै जना शम्भुनाथ नगरपालिका-५ मोहनपुरका बासिन्दा हुन् । पक्राउ पर्नेहरूमा २६ वर्षीय शिव कुमार सदा, ३२ वर्षीय श्रीनारायण सदा र ४५ वर्षीय उमेश सदा रहेका छन् ।

उनीहरूलाई प्रहरी चौकी कठौनाको टोलीले नियन्त्रणमा लिएको हो । उनीहरू विरुद्ध जबरजस्ती करणी कसुरमा अनुसन्धान प्रक्रियाका लागि जिल्ला अदालत सप्तरीबाट ५ दिनको म्याद थप लिइएको प्रहरीले बताएको छ ।

असार २८ गते डर धम्की देखाइ चार जना पुरुषले कञ्चनरूप – १२ धरमपुरकी १७ वर्षीय नाबालिगकालाई अपहरण गरी बलात्कार गरेको सार्वजनिक भएको थियो । सो घटनामा कैलाश पोखरेल, दीपेश सुवेदी, सुदीप भुजेल र मनोज विश्वकर्मालाई इलाका प्रहरी कार्यालय ठेलियाले नियन्त्रणमा लिएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban