आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

रातोघर

 २०८० श्रावण १७, बुधबार  मा प्रकाशित
२९३ पाठक संख्या


तनहुँ ।  

 भरूवा बन्दुक प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ४७ वर्षीया गीता आलेको हत्या गरेको आरोपमा ब्यास नगरपालिका-५ मानुङकोटस्थित पिखरीगैरा बस्ने ५६ वर्षीय श्री प्रसाद आलेलाई  प्रहरीले पक्राउ गरेको हो ।   

 आलेले आफ्नै श्रीमतीलाई भरुवा बन्दुक प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । साथै गम्भीर घाइते गीताको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban