पोलमा बाँधेर मान्छे कुट्ने पक्राउ

रातोघर

 २०८० श्रावण १७, बुधबार  मा प्रकाशित
३४३ पाठक संख्या


रौतहट ।

पोलमा बाँधेर मान्छे कुटेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३८ वर्षीय साजिद अन्सारी रहेका छन् ।प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवका अनुसार गत साउन १४ गते गौर नगरपालिका–३ पोखरिया टोल स्थित मस्जिद छेउवामा एक जना मानिसलाई अन्सारीले पोलमा बाँधी कुटपिट गरेका थिए ।

कुटपिटको भिडियो मिडिया र सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले कुटपिट गर्नेको खोजी सुरु गरेको थियो ।यादवका अनुसार अन्सारीलाई म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban