दुई लाख रुपैयाँ घुस खाने सुन्दरहरैचाका लेखा अधिकृत ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

रातोघर

 २०८० श्रावण १९, शुक्रबार  मा प्रकाशित
३८८ पाठक संख्या


मोरङ ।

मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आफ्नो अनुसन्धानले पुष्टि गरेको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ढकाल सेवाग्राहीबाट दुई लाख रुपैयाँ घुस लिएको अवस्थामा गत २२ जेठमा रंगेहात पक्राउ परेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban