वैशानी विहारका रितेश र नितेश पक्राउ

रातोघर

 २०८० श्रावण २९, सोमबार  मा प्रकाशित
३८३ पाठक संख्या


वीरगञ्ज । 

हेटौंडा उपमहानगरपालिका – १५ रातोमाटेबाट करिब १७ केजी ५ सय ग्राम लागूऔषध गाँजा सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत वैशानी विहार किरापुर राजा राम बस्ने २५ वर्षीय रितेश कुमार र २३ वर्षीय नितेश कुमार रहेका छन् ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको बीआर ०१ बीए २०६९ नम्बरको भारतीय कारलाई जाँच गर्ने क्रममा कारको डिक्कीमा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरु उपर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban